माण्डवी त्रिपाठी, गायिका
माण्डवी : नेपाली गीतसंगीतलाई चिनाउन के गर्नुपर्छ ?
वसन्त : अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिन नेपाली मौलिक लोकगीतहरूलाई नै बढाउनुपर्छ । लोकगीतसंगीत मात्र राष्ट्रको पहिचान हो ।
माण्डवी : संगीतबाहेक अब तपाईंलाई गर्न मन भएको काम के हो ?
वसन्त : गीतसंगीतका अलावा समाजसेवामा पनि रुचि छ । समाजसेवामै केही गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ।
माण्डवी : बुबाआमाको स्थानलाई कसरी हेर्नुहुन्छ ?
वसन्त : बुबाआमा भनेको सबै थोक हो हाम्रा लागि । गुरु, साथी, अभिभावक सबै उहाँहरू नै हो । त्यसैले उहाँको स्थानलाई कसै गरी दाँज्न मिल्दैन ।
माण्डवी : आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
वसन्त : म एकदम सरल, छिट्टै नै सबैलाई विश्वास गर्ने व्यक्ति हु । लप्पनछप्पन खालको काम गर्न जान्दिनँ । आफूलाई ‘सिम्पल’ भन्न रुचाउँछु ।
माण्डवी : गीतसंगीतमा लागेर के पाउनुभयो ?
वसन्त : एउटा परिचय पाएको छु । सबैले मलाई चिनेका छन् । सबैबाट माया पाएको छु, यो सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्छ ।
प्रतिक्रिया