एक्साभेटरको दुरुपयोग


हेटौंडा, २० वैशाख । एक्साभेटरको दुरुपयोग अत्यधिक बढेको छ । जिविसले तोकेको भन्दा फरक ठाउँमा क्रसर व्यवसायीले एक्साभेटर लाने गरेका छन् ।
करोडौं रुपियाँ लगानी गरेर राजमार्ग र खोला दुबैमा राज गर्दै आएका क्रसर व्यवसायीले जिविसले तोकेभन्दा फरक ठाउँमा आफूलाई चाहेजसरी उत्खनन् गर्ने गरेका छन् । बगिरहेको खोलाको धार परिवर्तन गर्दै वातावरण सम्परीक्षणमा उल्लेख भएको गहिराइभन्दा फरक रहने गरी उत्खनन् गरेको एक अध्यनले देखाएको छ । मकवानपुरको मनहरी, भैसे र लोथरमा यस्तो समस्याले विकराल रूप लिएको छ ।
मापदण्डमा खोलाको बीचभागबाट गिटी–बालुवा निकल्न नहुने भनिए पनि व्यवसायीले खोलाको धार परिवर्तन गर्दै उत्खनन् गरेको त्रिभुवन विश्वविद्यालय वातावरण शाखाका ज्ञानकुमार श्रेष्ठले बताए । श्रेष्ठ जिल्लामा रोडा–गिट्टी, ढुङ्गा अध्ययनका लागि आएका थिए । व्यवसायीले नियम पालना नगरेको र आआºनो तरिकाले उत्खनन् गरी सरकारी निकायले गरेको सम्परीक्षण रिर्पोटको बेवास्ता गरेको उनको तर्क छ ।
जिल्लाको १७ वटा खोलामा वातावरणीय अध्ययन गरिए पनि आफूलाई पायक पर्ने खोलामा व्यवसायीले आºनै तरिकाले काम गरिरहेका छन् । जथाभाबी उत्खनन् गरेर कानुनको उपहास गरेको आरोप पनि श्रेष्ठको छ । जिल्लामा रहेकामध्ये अहिले १४ क्रसर सञ्चालनमा छन् । वातावरणीय अध्ययनअनुसार भए–नभएको जिल्लास्तरीय अनुगमन समितिले काम गर्न सकेको छैन् ।
जिविस मकवानपुरका स्थानीय विकास अधिकारीले प्रावधानअनुसार अनुगमन नभएको बताउँछन् । यता क्रसर व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्कीले रिपोर्टमा भएअनुसार नापेर खन्न नमिल्ने बताए । व्यवसायीलाई स्थानीय बासिन्दाले पनि समस्यामा पारेको उनको भनाइ छ ।

प्रतिक्रिया