अमेरिकामै बिहे गरिन् युनाले

काठमाडौं : सांस्कृतिक कार्यक्रमका लागि भनेर केही महिनाअघि अमेरिका पुगेपछि उतै लुकेर बसेकी नायिका युना उप्रेतीले बिहे गरेकी छन् । उनले अमेरिकाकै टेक्सासमा बस्दै आएका नेपाली युवक विकास अधिकारीसँग बिहे गरेकी हुन् ।
गत आइतबार हिन्दू परम्पराअनुसार उनीहरूले त्यहीँको एक मन्दिरमा बिहे गरेको समाचार उल्लेख गरिएको छ । युना र विकासका नजिकका केही साथीहरू मात्र उपस्थित विवाहमा उनीहरूले नेपाली परम्पराअनुसार औँठी साटासाट गरेका थिए । अमेरिकामा बसेर अध्ययन गरिरहेका विकाससँग विवाह गरेपछि त्यहीँको ग्रिनकार्ड लिने चक्करमा रहेकी युनालाई थप सजिलो भएको चर्चा गरिएको छ । (सौस)

प्रतिक्रिया