बन्द फिर्ता गर्न अस्वीकार

कैलाली, १९ वैशाख । लगातार रुपमा बिगत पाच दिनदेखि जारी अखण्ड सुदूरपश्चिम आन्दोलनले जनजीवन नराम्ररी प्रभावित हुन पुगेको भन्दै विभिन्न संघसंगठन तथा राजनीतिक दलहरुले बन्द फिर्ता लिन गरेको आग्रह आयोजकले अस्वीकार गरिदिएका छन् ।
बिगत तीन दिनदेखि राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासनको अलग अलग तथा संयुक्त बैठक बसी आन्दोलनकारीहरुलाई अनिश्चित बन्दको कार्यक्रम फिर्ता लिई समस्याको समाधान सम्बाद र वार्ताका माध्यमद्वारा खोज्न आग्रह गरेपनि आयोजकले मानेका छैनन् । बन्द फिर्ता लिन गरिएको अपीललाई आन्दोलनकारीहरुले कुनै प्रवाह नगरी एकोहोरो रुपमा सम्पूर्ण क्षेत्र बन्द गराई दैनिक जनजीवन अस्तव्यस्त बनाएको कैलालीका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले बताए ।
कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, कञ्चनपुर, डोटी, अछाम लयायतका जिल्लाहरुमा बिहानैदेखि आन्दोलनकारीहरु हातहातमा लाठी लिएर साझ अबेरसम्म अखण्डको पक्षमा नाराबाजी तथा कोणसभासभा गर्ने गरेका छन् ।

प्रतिक्रिया