दुर्घटनामा दुईको मृत्यु

तानसेन, १९ वैशाख । पाल्पा जिल्लाको सदरमुकाम तानसेन–११ को लामडाँडा भन्ने स्थानमा आज बिहान भएको बस दुर्घटनामा घटनास्थलमा दुईको मृत्यु भएको छ । दुर्घटनामा २८ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा तानसेन गैरागाउँका ३५ वर्षीय अनिल कार्की र रुपन्देही जिल्ला भैरहवास्थित ठूलीपिलका बसका सहचालक २० वर्षीय दीपक लामा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३१३५ नम्बरको बसले सडकमा गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा सो दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया