१२ प्रदेशमा छलफल भएकै छैनः भण्डारी

चितवन, १८ वैशाख । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले केन्द्रीय कमिटीमा १२ प्रदेशको संघीय राज्य बनाउने बारे कुनै छलफल नै नभएको बताएकी छन् ।
उनले पार्टीले पाँचदेखि सात प्रदेशको संघीय राज्य बनाउने छलफल गरेको दाबी गर्दै १२ प्रदेशको एमालेमा चर्चा नै नभएको बताईन । उनले संविधानले लोकतन्त्रिक र सात प्रदेश भन्दा माथिको संघीय राज्य बनाउन नहुने अधिकार दिएको दाबी गरिन ।
चितवनमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले प्रादेशिक सभा धेरै राख्दा संघीय संरचनाको गरिमा राख्न नसकिने बताईन । उनले पाँचदेखि सात प्रदेश उपयुक्त हुने जनाएकी छन् ।
प्रदेशहरुको नामाकरण जातीय आधारमा नभई ऐतिहासिक वा साँस्कृतिक आधारमा गर्नुपर्ने पनि उनको धारणा थियो ।

प्रतिक्रिया