जनआन्दोलन र लोकतन्त्र दिवसको महत्त्व

२३ चैत २०६२ मा घट्टेकुलोस्थित मेरो निवासमा बिहान ४ बजे टेलिफोनको घन्टी बज्यो । म झल्याँस्स ब्युँझिएँ । हतार हतार झ्यालछेउ पुगेर ‘को हो’ भनेर प्रश्न गरेँ । ‘हामी तपार्इंलाई भेट्न आएको, ढोका खोल्नुस्’ भन्ने आवाज आयो । मैले झ्यालको पर्दा खोली बाहिर हेरँ । हातमा वाकिटकी बोकेका केही व्यक्ति देखेँ। ‘कसलाई खोज्नुभएको’ भनी सोधेँ । ‘हामी लक्ष्मी प्रसाईंलाई भेट्न आएको, जरुरी काम छ’ भन्ने जबाफ आयो । उनीहरूले ‘एकछिन ढोका खोल्नुहोस्, नत्र भने हामी बल प्रयोग गर्छां भनेपछि मैले मूलढोका खोलँ। उनीहरुले मलाई ‘हामी सशस्त्र प्रहरी गणबाट आएका हा, तपार्इंलाई गिरफ्तारीको पुर्जी छ, बुझ्नुहोस् र हामीसँग हिँड्नुहोस्’ भने । मैले गिरफ्तारी नदिनलाई धेरै कोसिस गरेंतर उनीहरुले मानेनन् ।
मेरी श्रीमतीले ‘बिहानै घर घेर्नुपर्ने कारण के हो’ भनेर सोधिन् । प्रहरीले पुर्जी देखाउँदै ‘माथिको आदेश हो, यो पुर्जी बुझ्नुहोस्’ भने । मैले पनि पुर्जी बुझँ । बिहानको अन्दाजी पाँच बज्न लागेको थियो । त्यसपछि म परिवारसँग बिदा मागी प्रहरीसंँगै घर बाहिर निस्किएँ । घर छेउमा राखिएको गाडीमा मलाई राखेपछि प्रहरी टोलीको इन्चार्जले वाकिटकीबाट ‘रोजर मिसन सफल भयो, हामीले लक्ष्मी प्रसाईंलाई गिरफ्तार गर्‍यौँ’भने । त्यसपछि गाडी अनामनगर, बानेश्वर, गौशाला, चाबहिल, जोरपाटी हुँदै मूलपानीतिरबाट भक्तपुरको दुवाकोटतिर लाग्यो । अन्दाजी ६.३० बजेतिर दुवाकोट सशस्त्र गण पुर्‍याइयो । त्यसबेला त्यो ठाउँमा नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई धमाधम गाडीबाट ओरालिंदै थियो । झोला खानतलास गरेर हामीसँग भएको रेडियो र मोबाइल प्रहरीले कब्जामा लिए । त्यसपछि हाम्रो नाम ठेगाना र हुलिया लेखिसकेपछि प्रहरी गण नम्बर ७ मा राखियो । यसरी दुवाकोट गणमा २३ चैतमा घरबाटै गिरफ्तार गरी ल्याएइका एमाले नेता केशव बडाल, सुवास नेम्बाङ, भीम रावल, गोपाल शाक्य, रघुजी पन्तलगायत दर्जनाँ थिए । यसरी हामी धेरै राजनीतिक नेता–कार्यकर्ता गुहेश्वरी सशस्त्र गण दुवाकोटमा २३ चैतदेखि थुनिएका थियाँ ।
२४ चैत ०६२ देखि देशभर आन्दोलन दमन गर्ने क्रममा शाही सरकारले कडा रणनीति अख्तियार गरेको थियो तर वीर नेपाली योद्धाले जनआन्दोलन तीव्र रुपमा अगाडि बढाइरहे । सबै तप्काका जनता निषेधाज्ञा र कफ्र्युसमेत अवज्ञा गर्दै अगाडि बढेका थिए । सोही क्रममा कफ्र्यु तोडेको अभियोगमा २६ चैतमा बुद्धिजीवी, नागरिक समाज, पत्रकार, डाक्टर, इन्जिनियर, मानवअधिकारवादीलाई समेत गिरफ्तार गरी दुवाकोट गणमा ल्याइएको थियो । त्यसपछिका दिनमा हामी सबै विभिन्न गणमा राखिएका नजरबन्दी एकै ठाउँमा जम्मा भई लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि गोप्य रूपमा छलफल र अन्तक्र्रियामा सामेल भयाँैं । बन्दीगृहभित्रै हामीले जनआन्दोलन दिवस मनायाँैं । त्यसैगरी बत्ती निभाउने (ब्ल्याक आउट) गर्‍याँैं, अन्तर्राष्ट्रिय किसान दिवस मनायौँं । नववर्ष ०६३ लगायत सबै कार्यक्रम आन्दोलनका रूपमा मनायौँं । यसक्रममा कवि अर्जुन पराजुलीले प्रत्येक गणमा राखिएका नजरबन्दीलाई कविता सुनाउनुहुन्थ्यो ।
हामी खुलेर लोकतन्त्र र गणतन्त्रका पक्षमा नारा लगाउँथ्याँैं । बन्दीगृहबाटै जनआन्दोलनका घाइतेलाई सहयोग रकमसमेत जम्मा गरी पठाइने काम गरियो । राजबन्दीको स्थिति र अवस्था बुझ्नका लागि मानवअधिकार उच्चायुक्तका नेपाल प्रतिनिधि इयान मार्टिन आफँैं बन्दीको स्थितिबारेमा जानकारी लिन आउनुहुन्थ्यो । मार्टिनको दबाबपछि हामीलाई रेडियो सुन्न दिइयो । त्यसपछि हामीले रेडियो र एफएमबाट घन्टैपिच्छे आन्दोलनका खबर थाहा पायौँं । हामी बन्दीहरु लोकतान्त्रिक आन्दोलनका पक्षमा देशभर जनलहर उठेको थाहा पाएर धेरै खुसी भयौँं । करिब दुई दर्जन जनयोद्धाको बलिदानको प्रतिफल १९ औँं दिनमा आन्दोलनले सफलता पायो । सोही क्रममा ११ वैशाख ०६३ राति राजा ज्ञानेन्द्रले जनअधिकार फिर्ता गरे ।  सोही रात हामीले बन्दीगृहमा लोकतन्त्र र गणतन्त्रका पक्षमा नारा लगाउँदै विजयोत्सव मनायौँं । आन्दोलनमा सहिद हुने वीर योद्धाप्रति श्रद्धाञ्जलि अर्पण गर्‍यौँं । घाइतेको स्वास्थ्यलाभको कामना गर्‍याँैं । हामी दुवाकोट गणमा राखिएका सम्पूर्ण राजबन्दीलाई १२ वैशाख ०६३ मा नजरबन्दबाट मुक्त गर्न भक्तपुर जिल्ला अदालत लगियो । २ बजेतिर हामीलाई न्यायाधीशको रोहबरमा हस्ताक्षर गराई मुक्त गरियो ।
हामी कोटेश्वरवाट विजय जुलुसमा सामेल भयौं ।  यसरी जनआन्दोलन सफल भई लोकतन्त्र बहालीको सम्झनामा हामी लोकतन्त्र दिवसका अवसरमा यसको संरक्षण र संस्थागतका लागि लागिपरेका छाँ । ११ वैशाखमा लोकतन्त्र बहाली भएको दिनलाई हामीले इतिहासमा स्वर्णअक्षरले लेखाउन सफल भयाँ । हामी सबै नेपालीले आआफ्नो स्वार्थ त्यागी जनआन्दोलनको मर्म र भावनालाई बुझी लोकतन्त्र जोगाउँदै दिगो विकासमा जुट्न नेपालीको चाहना अनुसार छिट्टै संविधान बनाउने प्रण गराँ, सबैको कल्याण यसैमा छ ।

प्रतिक्रिया