बन्ने भयो कुटम्ब

काठमाडौं : नेपाली र तामाङ भाषामा चलचित्र कुटुम्ब बन्ने भएको छ । सूर्यमान घलेको प्रस्तुति तथा सागर घिसिङको निर्माणमा बन्न लागेको चलचित्रको निर्देशन सुजन लामा डिएमजीले गर्ने भएका छन् ।
चन्दा फिल्म्स्को ब्यानर रहेको सो चलचित्रमा तामाङ समुदायभित्रको सांस्कृतिक अन्तद्र्वन्द्वलाई समेटिने निर्देशक सुजनले बताए । तामाङ समुदायको बहुल्य रहेका नुवाकोट, मकवानपुर र सर्लाहीमा चलचित्रको छायांकन गरिने निर्माता सागर घिसिङले बताए । चलचित्रमा सूर्यमान घले, सागर घिसिङ, लता योञ्जन, सुष्मा कार्की, प्रकाश तामाङ, मेम्बर ल्हो, स्मृति थिङ, सुक्रिमाया लामालगायत कलाकारको अभिनय रहने जनाइएको छ । (सौस)

प्रतिक्रिया