सम्मानपछि हमालको ठट्टा

काठमाडौं : सांस्कृतिक कार्यक्रमका लागि युके पुगेका नायक राजेश हमाल लन्डनमा सम्मानित भएका छन् ।
इन्भेस्ट एन्ड आइडियाज प्रोडक्सनले आयोजना गरेको सांस्कृतिक कार्यक्रमका क्रममा उनलाई सम्मान गरिएको हो । सम्मानित भएपछि उनले आफ्नो केही साताको विदेश बसाइ विशेष भएको प्रतिक्रिया दिए । दर्शकलाई मनोरञ्जन गराउने क्रममा आफूले अभिनय गरेको चलचित्र पृथ्वीको बहुचर्चित डायलग दोहोर्‍याए, ‘साथीका लागि यो हात सलाम हो, दुस्मनका लागि यो हात फलाम हो ।’
दर्शकले बिहेको प्रसंग निकाल्दै छेडखानी गर्न थालेपछि उनले उपस्थित युवतीहरूतिर हेर्दै ठट्टा गरेका थिए, ‘मैले अलि चाँडै रोजेछु कि क्या हो ! यति राम्रा सुन्दरीहरू त यहीँ पो रहेछन् त !’ कार्यक्रममा अन्य कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति पस्किएका थिए । (सौस)

प्रतिक्रिया