बिन्दास जोहनसन

आफ्नो तस्बिरको जथाभाबी प्रयोग हुँदा धेरैलाई रिस उठ्छ तर स्कारलेट जोहनसन भने अरूभन्दा भिन्न छिन् । एक सेक्स स्टोरले अनुमति नलिई स्टोरको बिजनेस कार्डमा उनको फोटो राख्दा पनि उनलाई कुनै पर्बाह छैन ।
टिएमजी नामक वेबसाइटले उनको फोटो दुरुपयोग भएको समाचार प्रकाशन गरेको थियो । क्यालिफोर्निया र मेक्सिकोको सीमा क्षेत्रमा रहेको एक सेक्स स्टोरले व्यापार प्रवर्द्धनका लागि उनको फोटो बिजनेस कार्डमा प्रयोग गरेको वेबसाइटमा प्रकाशित समाचारमा जनाएको थियो । सेक्स स्टोरमा सेक्स टोयदेखि सेक्स लोसनसम्म सामग्री बिक्री गर्ने गरिए तर उनले समाचारको वास्तै गरिनन् । ‘मेक्सिकोका मेरा प्रशंसकबारे मलाई जानकार गराइदिएकामा म टिएमजी वेबसाइटको प्रशंसा गर्छु,’ उनले भनिन् ।
२७ वषर्ीया जोहनसन अमेरिकी अभिनेत्री, गायिक र मोडेल हुन् । उनले ‘द हर्स विस्पेरर’, ‘गोस्ट वल्र्ड’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया