पूर्वराजाको सुरक्षामा खटिएका सेना फिर्ता

काठमाडौं, १ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका नेपाली सैनिक शुक्रबार फिर्ता भएका छन् । सैनिक मुख्यालयका अनुसार सेनानीको कमान्डमा रहेका २५ जना सैनिकलाई सरकारको ६ महिनाअघिको निर्णयअनुसार फिर्ता बोलाइएको हो ।
सैनिक फिर्तापछि पूर्वराजा शाहको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बलले लिएको छ । सशस्त्र स्रोतका अनुसार डिएसपीको कमान्डमा ५० जनाको टोलीले उनलाई सुरक्षा दिनेछ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि पूर्वराजाको सुरक्षामा खटिएका सैनिकलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।
सैनिक स्रोतका  अनुसार उक्त निर्णयलगत्तै पूर्वराजाको सुरक्षाको जिम्मा सशस्त्रले लिने बताइए पनि आवश्यक तयारीका लागि सेनाले सशस्त्रलाई समय दिएको थियो । सशस्त्र स्रोतले भने दुई महिनाअघि नै सुरक्षा जिम्मा लिन सशस्त्र प्रहरी बल तयार भए पनि पूर्वराजाको भारत भ्रमणपछि मात्र लिने सल्लाह भएकाले अहिले आएर सुुरक्षा जिम्मा लिइएको जनाएको छ ।

प्रतिक्रिया