रक्तचन्दनका भरिया रिहा

कैलालीः रक्तचन्दन ओसारपसारमा संलग्न आरोपमा बझाङ प्रहरीले नियन्त्रणमा लिएका ७१ भरियालाई जिल्ला अदालत बझाङले साधारण तारेखमा रिहा गरेको छ ।
जिल्ला अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले भरिया रक्तचन्दन ओसारपसारमा मात्र संलग्न रहेकाले थुनछेक गर्नु नपर्ने भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन् । स्रेस्तेदार भण्डारीले वन कार्यालयको मिसिल र भरियाको बयानका आधारमा रिहाको आदेश दिइएको बताए ।
वन कार्यालय बझाङले रक्तचन्दनका भरियालाई वन ऐनअनुसार कारबाही गर्न जिल्ला अदालतसग माग गरे पनि अदालतले अदालती बन्दोबस्तीको दफा ४७ अनुसार रिहाको आदेश दिएको हो ।
१४ चैतमा प्रहरीले माझीगाउको पसलबगरबाट रक्तचन्दन ओसारपसारमा संलग्न आरोपमा बाजुरा र अछामका ७१ भरियालाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालय बझाङले एक सातासम्म भरियाको बयान तथा अनुसन्धान गरी गत शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । (सौस)

प्रतिक्रिया