‘सरसफाई अभियान समाप्त’

काठमाडौं, ३० चैत । राजधानीमा साताव्यापी रुपमा सञ्चालन भएको सरसफाइ अभियान पूर्ण रुपमा सफल भएको प्रधानमन्त्री बाबुराम भट्टराईले दाबी गरेका छन् ।

सरकार र काठमाडौं महानगरपालिको संयुक्त पहलमा गरिएको सरसफाइ अभियानको अन्तिम दिन आज उनले अभियानले शहर सफा गर्न सहयोग मिलेको बताए । काठमाडौंको गौशालास्थित बागमती नदी किनारामा प्रधानमन्त्री सहितको टोलीले सरसफाइ गरेको थियो ।

सरसफाइमा सहभागी प्रधानमन्त्री भट्टराइले अभियानमा मात्रै नभइ अन्यसमया पनि बागमती लगायत काठमाडांैका सबै स्थानलाई सरसफाईको काम जारी राख्न आग्रह गरे ।

काठमाडौं महानगरपालिकालाई सधै सफा र स्वच्छ बनाउने उदेश्यले ‘सफा काठमाडौ हाम्रो काठमाडौं’ अभियान अन्र्तगत प्रधानमन्त्री भट्टराइले बागमती नदीमै प्रवेश गरेर सरसफाइ गरेका थिए ।

अभियानमा काठमाडौंका स्थानीय लगायतले सहयोग गरेको प्रधानमन्त्री भट्टराईको भनाई थियो ।

चैत २४ गतेदेखि सुरु गरिएको अभियानका क्रममा काठमाडौमा लामो समयदेखि थुप्रिएका फोहोर निकालिएको थियो । सरसफाइ अभियानमा १० हजार भन्दा बढि स्वयंसेवक परिचालन गरिएको थियो । अभियानमा झण्डै दुइकरोड बजेट खर्च भएको छ ।

प्रतिक्रिया