‘सदस्यलाई नबोलाए पछि धर्नामा प्रध्याक’

काठमाडौं, २९ चैत । त्रिभुवन विश्व विद्यालयको बिशेष सभामा सहभागी नगराएको बिरोधमा नेपाल प्रध्यापक संघले आज धर्ना दिएको छ ।

बिशेष सभामा सदस्य रहने प्रध्याक संघलाई नै त्रिविले नबोलाए पछि प्रध्यापकहरुले बिरोधमा धर्ना दिएको जनाएका छन् । उनीहरुले सरकार र त्रिवि मनपरी रुपमा सक्रिय रहेको भन्दै बिशेष सभामा सदस्यलाई नै नबोलाउने कार्य ऐन, नियम विपरित रहेको आरोप लगाएका छन् ।

बिशेष सभा हुने स्मृति भवनको मुल गेटमा प्रध्याक संघमा आबद्ध प्रध्याकहरु धर्नामा बसेर बिरोध जनाए पछि बिवाद बाहिर आएको छ ।

सभामा सहभागी हुनबाट त्रिभुवन विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुलाई उपेक्षा गरेर प्रध्याकपहरुको आरोप छ । उनीहरुले राजनीतिक रुपमा उपेक्षा गरिए चरणबद्ध आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया