मध्यपुर युथ बी डिभिजन राष्ट्रिय लिग च्याम्पियन

काठमाडौं, मध्यपुर युथ एसोसिएसनले रेडबुल ‘बी’ डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । केही महिनाअघि मात्र ‘ए’ डिभिजनमा उक्लिएको मध्यपुरले मंगलबार अन्तिम खेलमा संकटा क्लबलाई १-० ले हराएर अहिलेसम्मकै ठूलो उपलब्धिका रूपमा यो सफलता हात पारेको हो । विजेता टोलीका लागि ठाकुर श्रेष्ठले नवौं मिनेटमा निणर्ायक गोल गरेका हुन् । हारसँगै संकटाले तेस्रो स्थानमा चित्त बुझायो । संकटा पनि ‘ए’ डिभिजनमा उक्लिइसकेको छ । राष्ट्रिय लिगमा वीरगन्ज युथ एकेडेमीले दोस्रो स्थान हात पार्‍यो ।
विजेता मध्यपुरले पुरस्कारस्वरूप तीन लाख रुपियाँ प्राप्त गर्‍यो । त्यस्तै, उपविजेता वीरगन्जले एक लाख र तेस्रो भएको संकटाले ७५ हजार रुपियाँ प्राप्त गर्‍यो । चौथो भएको कस्तुरी क्लबले ५० हजार रुपियाँ प्राप्त गर्‍यो । प्रतियोगितामा सर्वोत्कृष्ट फर्वार्ड वीरगन्जका निसान पाण्डे भए । त्यस्तै, सर्वोत्कृष्ट डिफेन्डरमा मध्यपुरका रूपेन्द्र श्रेष्ठ, सर्वोत्कृष्ट मिडफिल्डरमा टि्रनिटी क्लबका अजय विके र सर्वोत्कृष्ट गोलकिपरमा वीरगन्जका दीपेश यादव चुनिए । सर्वोत्कृष्ट प्रशिक्षक मध्यपुरका प्रकाश वैद्य भए । सर्वोत्कृष्ट सबैले जनही १५ हजार रुपियाँ हात पारे । -सौस

प्रतिक्रिया