हिजोआज के गर्दै हुनुहन्छ ?
बाइक एक्सिडेन्ट भएर घरमै थन्किएर बसिरहेकी छु ।
तपाईंले देखेको सबैभन्दा हाँसउठ्दो मान्छे को हो ?
राजेश हमाल ।
कसैले गालामा एक थप्पड हान्न छुट दिए कसलाई हान्ने ?
ओ..हो, त्यसरी थप्पडै हान्न छुट पाए त आर्यन सिग्देललाई हान्थेँ, तर माया गरेर ।
तपाईंले अरूलाई गाली गर्दा प्रयोग गर्ने छाडा शब्द के हो ?
मास्साले ।
चन्द्रमामा जान पाए ब्वाईफ्रेण्डबाहेक कसलाई लैजाने ?
अर्को ब्वाईफ्रेण्ड बनाएर लैजान्थेँ ।
केहीबेरलाई कुकुर हुन पाए कसलाई टोक्नुहुन्छ ?
देशका नेतालाई ।
तपाईंलाई सबैभन्दा मन पर्ने टिभी च्यानल कुन हो ?
इमेज च्यानल ।
तपाईंले हेरेको सबैभन्दा झुर फिल्म ?
आफैँले अभिनय गरेको ‘म बिर्सौं कसरी’ ।
आफ्नो शरीरबाट एउटा अंग हटाउनुपर्ने बाध्यता आए ?
कपाल हटाउँथे ।
तपाईं एक दिनमा कति समय यौनबारे सोच्नुहुन्छ ?
मात्र एकपटक ।
पत्याउलान् त अरूले ?
पत्याउने किसिमले किन भन्नुपर्यो र ? हा..हा…हाहा..।
तपाईं जीवनमा सबैभन्दा धेरै हाँस्नु भएको घटना कुन हो ?
भर्खरै भएको मेरो बाइक एक्सिडेन्ट । यसले गर्दा काम गर्न पाएकी छैन । घरमा रेस्ट गर्दै हाँस्दै बस्दै । खुब हाँसो उठ्छ !
सबैभन्दा नमीठो लागेको खानेकुरा ?
मासु ।
प्रतिक्रिया