प्रजातन्त्रवादी प्रध्यापकहरु आन्दोलित

काठमाडौ, २८ चैत । सहमतिको संस्कार विपरित वामपन्थीकरण गर्न खोजिएको भन्दै नेपाल संस्कृत विश्व विद्यालयका प्रजातान्त्रिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले आन्दोलनको घोषणा गरेको हो ।

आउँदो आईतवारदेखि विश्व विद्यालय र सम्बद्ध आंगिक क्याम्पसहरुमा कालोपट्टी बाधेर एकसातासम्म धर्ना दिने र त्यसलाई बेवास्ता गरे तालाबन्दी गर्ने, पेनडाउन गर्नेलगायतका कार्यक्रम रहेका छन् ।

बेवास्ता गरी आफूहरुका माग सम्बोधन नगरे विश्व विद्यालयमा रहेका प्रजातन्त्रवादी प्राध्यापक संघसँग सम्बद्ध पदाधिकारीहरुलाई फिर्ता बोलाएर अझ कडा दवाव मुलुक आन्दोलन सन्चालन गर्ने महासचिव चिन्तमणी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया