प्रहरी र डाँकावीच भिडन्त

विराटनगर, २८ चैत । मोरङको सीमावर्ती गाविस शिसवनी जहदा–२ मा गएराति प्रहरी र भारतीय  डाँकावीच भिडन्त भएको छ ।

अन्दाजी २५ जनाको समूहमा हातहतियार सहित आएका भारतीय डाकाले स्थानय राजवंशी टोललाई घेरेर डकैती गर्न लागे पछि प्रहरी र डाँकाबीच झडप भएको हो ।

गएराति डाँकाले गाउँ घेराहाल्नासाथ गाउँलेहरुले होहल्ला गरेपछि गस्तिमा रहेको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्ना साथ दोहोरो  भिडन्त भएको हो ।

डाँकाहरुसँग जम्काभेट भएपछि सीमा प्रहरी चौकी पोखरीयाका नायब निरीक्षक दीपक यादवको कमाण्डमा रहेको टोलीले राईफलवाट चार राउण्ड गोली फायर गरेका थिए ।

प्रतिक्रिया