छुट्टाछुट्टै घटनामा चारको मृत्यु

कैलाली, २८ चैत । छुट्टाछुट्टै घटनामा कैलाली र बाजुरामा चारजनाको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत कैलालीको रामशिखरझाला–७, सिमथरी सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा कैलालीको चौमालाका ईन्द्रराज जोशी, दुर्गौलीका सुरेन्द्र चौधरी र मसुरीया बडैपुरका खम्बबहादुर साउदको छन् ।

त्यस्सै, बाजुरा जिल्लाको कैलाशमाण्डौं ९ का रामबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको छ । सोमवार बिहान भैंसीलाई घास काट्न घरबाट हिडेका थापाको सब आज बिहान घर नजिकै रहेको मसिनामेला भन्ने ठाउमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

प्रतिक्रिया