पुनेको लगातार दोस्रो जित

पुने, २७ चैत । पुने वारियर्सले इन्डियन पि्रमियरलिग क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । भारतीय क्रिकेटका चर्चित व्यक्तित्व सौरभ गांगुलीको नेतृत्वमा रहेको पुनेले आइतबार भएको खेलमा पन्जाब सुपरकिङसलाई २२ रनले पराजित गर्‍यो । पुनेलाई जित दिलाउने क्रममा मार्लन सामुयल्सले अलराउड प्रदर्शन गरे । ब्याटिङतर्फ ३९ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४६ रन प्रहार गरेका सामुयल्सले बलिङतर्फ पनि चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए । लगातार दोस्रो जितपछि पुने राजस्थान रोयल्सभन्दा रनरेटमा पछि पर्दै अंक तालिकामा दोस्रो स्थानमा छ ।
पुनेले छाडेको १ सय ६७ रनको लक्ष्य पछयाएको पन्जाब आठ विकेट गुमाउँदै १ सय ४४ रनमा सीमित भयो । पन्जाबमा विपुल शर्माले नटआउट रहँदै ३५ रन जोडे । १८ बलको सामना गरेका शर्माले तीन चौका र दुई छक्का प्रहार गरे । मन्दीप सिंह र अभिषेक नायरले २४-२४ रन जोडे । पुनेका राहुल शर्माले चार ओभरमा ३४ रन खर्चे पनि डेविड हसी र पियूष चावलाकले महत्वपूर्ण विकेट लिए । मुम्बईसँगको खेलमा खेलमा सानदार बलिङ गरेका अशोक डिन्डाले पन्जाबसँग तीन ओभरमा १३ रन खचिर्ंदै एक विकेट लिए । जोसे राइडर र आशीष नेहराले पनि एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुनेले ६ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल खडा गर्‍यो । पुनेका लागि रोबिन उथप्पा/उथ्थपाले ४० रन जोडे । उथ्थपाले ३३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । ३२ रनमा दुई विकेट गुमाएको पुनेका लागि सामयुल्स र उथ्थपाले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे । यी दुवैलाई रहमित सिंहले बोल्ड गरे । उनले कलुम फर्गुसनलाई पनि तीन रनमा आउट गरे । उनले लगातार कुममाथि दुई बल फ्याँकेपछि अयोग्य घोषित भए । यसपछि ओभर पूरा गर्न आएका विपुलले २.४ ओभरमा ४० रन खर्चे । यस क्रममा मनिष पाण्डे र स्टेभन स्मिथ क्रिजमा आएपछि पुनेले रनको वषर् गरेको थियो । १९आंै ओभरमा मात्र यी दुईले २७ रन प्रहार गरे । स्टेफन स्मिथले नटआउट रहँदै १२ बलमा तीन छक्काको सहयोगले २५ रन प्रहार गरे । चार बलको मात्र सामना गरेका पाण्डेले पनि एक चौका र एक छक्काको सहयोगले १२ रन जोडे ।

प्रतिक्रिया