प्रदर्शन पर्खंदै ‘को कसको’

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको महिला निर्देशक सुचित्रा श्रेष्ठ निर्देशित दोस्रो चलचित्र को कसकोले प्रचारप्रसार सुरु गरेको छ । जय श्री माई भगवती फिल्म्स ब्यानरको निर्माण टोली प्रचारप्रसारका लागि दौडधुपमा जुटेको छ । विशुद्ध पारिवारिक विषयवस्तुलाई प्रस्तुत गर्न खोजिएको चलचित्रमा व्यावसायिताका लागि आवश्यक सम्पूर्ण मरमसला समेटिएको बताउँदै निर्देशक श्रेष्ठले कुनै पनि द्वन्द्वदृश्य नरहेको जानकारी गराइन् ।
राजेश हमाल, रेजिना उपे्रती, सुनील श्रेष्ठ, करण क्रेजी, प्रतिष्ठा प्रसाईं, रोशनी केसी, आदित्य शंकर, सुनील थापा, हिउँवाला गौतम र सुभास गजुरेलको मुख्य भूमिका रहेको चलचित्र लक्ष्मी श्रेष्ठ र तीर्थ श्रेष्ठले निर्माण गरेका हुन् ।
चलचित्रमा संगीत सन्तोष प्रगाढको रहेको छ भने गोविन्द प्रभात र नारायण रिजालको नृत्य रहेको छ । रत्न कार्कीको छायांकन रहेको चलचित्रमा पटकथा-संवाद ध्रुव लम्साल र सुचित्राले संयुक्त रूपमा लेखेका छन् ।

प्रतिक्रिया