विवादित विषय टुंग्याएर मात्र समायोजन गरिनुपर्ने

काठमाडौः प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी लडाकु रहेका शिविर खाली गरेर नेपाली सेनालाई बुझाउनुअघि विवादित व्यवस्थापकीय विषयमा सहमति हुनुपर्ने अडान लिएका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सोमबार बसेको दुई दलका नेताहरूको बैठकले सहमति हुन बाँकी दर्जा, छनोट समिति, तालिम अवधि र महानिर्देशनालयको संरचनाबारे सहमति हुनुपर्ने अडान दोहोर्‍याएको हो । ३० चैतभित्र शिविर खाली गरी लडाकु र हतियार राज्यलाई बुझाउने कार्ययोजना पारित भइसके पनि समायोजनको मापदण्ड, दर्जा, महानिर्देशनालयको संरचना, तालिम अवधिलगायतका विषयमा लडाकुको रेखदेख, समायोजन तथा पुनस्र्थापनासम्बन्धी विशेष समितिमा सहमति हुन सकेको छैन । आइतबार नै विशेष समिति बैठकले विवादित चार विषयको टुंगो लगाउने भनिए पनि बैठक विषयमै प्रवेश नगरी सकिएको थियो ।

प्रतिक्रिया