‘यादव र अहमद दुई नयाँ मन्त्री’


काठमाडौं, २७ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले सूचना तथा सञ्चार मन्त्री र कृषि तथा सहकारी मन्त्रीमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका दुई मन्त्रीलाई आज पद तथा गोपनीयताको सपथ दिलाएका छन ।

आन्तरिक बिवादमा रहेको फोरम गणतान्त्रिककले दुई मन्त्रीलाई सिफारीस गरेपछि प्रधानमन्त्री भट्टराईले राष्ट्रपति रामवरण यादवको उपस्थितीमा राजकिशोर यादवलाई र कृषि तथा सहकारी मन्त्रीमा इकवाल अहमदलाई सपथ दिलाएका हुन् ।

सञ्चारमन्त्रीमा सपथ लिएका यादव फोरम गणतान्त्रिकका कार्यबहाक अध्यक्ष हुन् । मन्त्री भएका यादव र अहमद दुबै सभासद समेत हुन् ।

यस अघिका मन्त्री जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारको अभियोगमा सजाय पाएर जेल चलान भएपछि सञ्चारमन्त्रालय रिक्त थियो भने कृषि मन्त्री नन्दनकुमार दत्तलाई भने पार्टीले फिर्ता बोलाएपछि प्रधानमन्त्रीले पदबाट बर्खास्त गरेका थिए ।

प्रतिक्रिया