बिमा कम्पनीलाई लघु बिमा कारोबार अनिवार्य

काठमाडौं, २६ चैत । बिमा कम्पनीले कुल कारोबारको तीनदेखि पाच प्रतिशत कारोबार लघुबिमाबाट गर्नुपर्ने भएको छ । बिमा कम्पनीहरू लघुबिमा क्षेत्रमा काम गर्न अनिच्छुक देखिएपछि बिमाक्षेत्रको नियामक निकाय बिमा समितिले कुल संकलित प्रिमियमको न्यूनतम तीन प्रतिशतदेखि अधिकतम पाच प्रतिशतसम्म रकम लघुबित्त बिमाबाट आर्जन गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरेको समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले बताए ।
कम आय भएका व्यक्तिको व्यवसायलाई सुरक्षित गर्ने उद्देश्यले छोटो समयका लागि लघु बिमालेख जारी हुने गरेको छ । बिमाको सञ्चालक समितिले गत साता लघु बिमासग सम्बन्धित ६ प्रकृतिको लघु बिमालेख पारित गरेको छ । समितिद्वारा पारित बिमालेखमा पशु बिमा, सावधिक जीवन बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमा, स्वरोजगार बिमा र म्यादी जीवन बिमा रहेका छन् ।
समितिका अध्यक्ष केसीले पशु, दुर्घटना, स्वरोजगार र म्यादी जीवन बिमालेख एक लाख रुपिया“सम्मको र स्वास्थ्य बिमा २५ हजार रुपिया तथा सावधिक बिमा ५० हजार रुपियासम्मलाई समेटिएको बताए ।
नेपालमा निर्जीवन बिमा गर्ने १६ कम्पनी, जीवन बिमा गर्ने आठ कम्पनी र जीवन र निर्जीवन दुवै कारोबार गर्ने एक गरी २५ बिमा कम्पनीले बिमासेवा दिइरहेका छन् । गत वर्ष जीवन बिमा कम्पनीले १० अर्ब ४४ करोड ९५ लाख रुपिया“को बिमा प्रिमियम संकलन गरेको थियो भने निर्जीवन बिमा कम्पनीले सात अर्ब १७ करोड ११ लाख रुपिया गरी कुल १७ अर्ब ६२ करोड ६ लाख रुपिया“ बराबरको प्रिमियम संकलन भएको थियो । पछिल्लो तथ्यांकअनुसार नेपालमा बिमा कम्पनीको प्रिमियम संकलन औसत २० प्रतिशतले बढिरहेको देखिन्छ । यस हिसाबले बिमा कम्पनीहरूले चालु वर्षमा न्यूनतम ६३ करोड रुपियादेखि एक अर्ब रुपिया“सम्म लघु बिमालेख बिक्री गरेर संकलन गर्नुपर्ने भएको छ ।
अध्यक्ष केसीले सरोकारवाला सबैको सुझावलाई समेटेर लघु बिमालेख तयार पारिएको बताए । गरिबलाई  ध्यानमा राखी तयार पारिएको लघु बिमालेख जारी गरिएको बताउदै अध्यक्ष केसीले विपन्न वर्गमा बिमाको दायरा वृद्धि गर्न बिमा कम्पनीलाई लघुबिमा अनिवार्य गरिएको जानकारी दिए । बिमाको उत्पादनलाई ग्रामीण उपभोक्ताको आवश्यकताअनुसार विकास गरी सोहीअनुरूपको मूल्य, प्रवद्र्धधनात्मक कार्यक्रम, वितरण पद्धति तथा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाई लागू गरिने उनले बताए ।
लघुबिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन लघुबिमा निर्देशिका बनिसकेको भए पनि दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउन बा“की रहेको उनले बताए । त्यसैगरी लघुबिमाको जोखिमलाई न्यूनीकरण गर्न लघुबिमा कोष नियमावली बनाउने प्रक्रियामा बिमा समिति रहेको छ । ‘कोषमा सरकारका तर्फबाट पनि केही योगदान खोजेका छौ,’ उनले भने । कोषमा बिमा कम्पनीलगायत सबैका तर्फबाट योगदान हुने गरी नियमावली बनाउने कार्य जारी रहेको बताउदै उनले मन्त्रीस्तरीय निर्णयबाट सो पारित भएपछि लघुबिमा कार्यान्वयनमा सहयोग पुग्ने बताए ।
समितिले तोकेको मापदण्डमा लघुबिमा नगर्ने बिमा कम्पनीहरूले केकस्तो दण्ड सजाय गर्ने भन्ने अझै यकिन भइनसकेको उनले जानकारी दिए । समितिले तीन महिनादेखि एक वर्ष समयका लागि पशु बिमालेख बनाएको छ । दुधका लागि पालिने गाईभैंसीको बिमा यस पशु लघु बिमाअन्र्तगत गर्न सकिनेछ । दुर्घटना, रोग, विपत्तिलगायतबाट पशुको मृत्यु भएमा क्षतिपूर्ति प्राप्त हुन्छ ।  त्यसैगरी एक वर्षको स्वास्थ्य बिमा योजनामा रोग वा घाउचोपटबाट औषधि उपचारमा हुने खर्च उपलब्ध हुनेछ भने दुर्घटना बिमामा एक लाख रुपियासम्मको रकम प्राप्त हुन्छ । स्वरोजगार पेसामा विभिन्न सरसामान तथा ऋणको व्यक्तिगत दुर्घटना हुदा कम्पनीको जोखिम व्यहोरिने छ । सावधिक जीवन बिमामा अवधि समाप्त भएपछि पनि रकम फिर्ता हुन्छ भने म्यादी जीवन बिमामा बिमा अवधिभित्र व्यक्तिको मृत्यु भएमा रकम भुक्तानी हुन्छ ।
विभिन्न लघुवित्त कम्पनीसग मिलेर समितिले लघुबिमा लेख बिक्री गर्ने तयारी गरेको छ । ‘थोरै नाफामा सबैले सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने अवसर हो,’ उनले भने ।

प्रतिक्रिया