पोस्टरले फसाद

न्युर्योक, २६ चैत । चरमपन्थी संगठन अलकायदाले सन् २००१ मा अमेरिकी सहर न्युर्योकमा आतंकवादी हमला गरेको थियो । हमलामा परी हजारौ व्यक्तिको मृत्यु भएपछि आक्रोशित बनेको अमेरिकाले अलकायदालाई सहयोग गरेको भन्दै अफगानिस्तानमाथि आक्रमण ग¥यो । त्यसयता अमेरिकाले अलकायदाका सर्वोच्च नेता ओसामा बिन लादेनको हत्या गरिसकेको छ । तर, अलकायदाको आक्रमणबाट सिर्जित त्रासको छायाबाट अमेरिका अझै मुक्त हुनसकेको छैन । कतिसम्म भने अलकायदाले न्युर्योकमाथि पुनः आक्रमण गर्ने सन्देश दिने एउटा फिल्मको पोस्टरका कारण अमेरिकामा हल्लीखल्ली मच्चिएको छ ।
‘अलकायदा कमिङ सुन अगेन इन न्युयोर्क’ लेखिएको फिल्मको पोस्टरले अमेरिकी नागरिकमाझ हल्लीखल्ली मच्चाएको हो । चेतावनीसहितको पोस्टरप्रति अमेरिकी सुरक्षा निकाय पनि गम्भीर भएका छन् । फिल्मले के आधारमा त्यस्तो पोस्टर बनायो भन्ने विषयमा अमेरिकी प्रहरी र एफबिआईले छानबिन गरिरहेको छ ।
केही दिनअघि एफबिआईले इन्टरनेटमा उक्त पोस्टर फेला पारेको थियो । अरबी भाषाका विभिन्न वेबसाइटमा पोस्टर भेटिएको थियो । यद्यपि, एफबिआईलगायत अमेरिकी सुरक्ष् निकायले पोस्टरमा भनिएभैझै न्युर्योकमाथि अलकायदालको आक्रमणको खतरा महसुस हुने खालको सूचना हासिल नभएको प्रस्ट पारेको छ । अमेरिकी प्रहरीका अनुसार प्रहरी गुप्तचर विभागको साइबर युनिटले पोस्टरबारे अनुसन्धान थालेको छ । ‘पोस्टर कसरी बाहिर आयो भन्नेबारे थप सूचना हासिल नगरुन्जेल न्युयोर्क सहरमाथिका सबैखाले खतरालाई हामी गम्भीरतापूर्वक लिन्छौ“,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ । (डेलिमेल)

प्रतिक्रिया