गर्मीमा नाथ्री फुट्ने जोखिम


गर्मीको आगमनसगै मौसमी तापक्रम वृद्धि हुदै छ । यससगै धुवा–धुलो तथा प्रदूषणले पनि गाजिरहेछ । गर्मी अनि धुलो–धुवाका कारण फागुनदेखि जेठ महिनासम्म मानिसमा नाकबाट रगत बग्ने समस्या देखापर्छ । यसलाई नाथ्री फुटेको भन्छन् प्रायः मानिस । जुनसुकै मौसममा नाथ्री फुट्नु समस्याजनक हुन सक्छ । देख्दा समान्य लागे पनि यसले गम्भीर रोगको लक्षण देखाउन सक्छ । सामान्य कारणले नाकबाट रक्तस्राव भएमा त्यसको मात्रा कम हुन्छ । असामान्य कारणबाट देखिने रक्तस्रावमा रगतको मात्रा बढी हुन्छ ।
फागुनदेखि जेठसम्मको अवधिमा हावामा आद्र्रता कम हुन्छ र धुलो तथा प्रदूषण बढी नै फैलन्छ । जुन अवस्थालाई नाकले ‘कन्डिसनिङ’ गर्न सक्दैन । यो बेलामा चाहि नाथ्री फुट्ने र त्यत्तिकै पनि नाकबाट रगत बग्ने समस्या अरू बेलाभन्दा बढी हुन सक्छ । रगत बगिरहदा ज्यानै जान सक्ने पनि हुन्छ । रगत आउ“छ र बिस्तारै नाक बन्द भएको महसुस हुन्छ भने गम्भीरतासाथ लिनुपर्छ । नाथ्री फुट्ने समस्या धेरै कारणले हुन सक्छ । चोटपटकका कारण पनि नाकबाट रगत आउने हुन्छ । नाकमा ट्युमर भएर, नाकको हड्डी बांगिएर वा क्यान्सर भएर, नाकभित्र अन्य बाहिरी वस्तु छिरेर, नाकमा संक्रमण भएर पनि रगत आएको हुन सक्छ ।
अहिलेको मौसममा चाहि नाकमा धुलो, धुवा वा गर्मीको संक्रमणका कारण रगत बग्ने हुन सक्छ । व्यक्तिहरू उत्तानो परेर नाकबाट रगत बग्न नदिने उपाय गर्छन् तर यो बिल्कुल गलत हो । नाक छोपेर माथितिर हेर्दा वा उत्तानो पर्दा रगत घाटीबाट श्वासनली हुदै फोक्सोमा पुग्न सक्छ । फलस्वरूप श्वासप्रश्वासमा कठिनाइ भई मानिसको ज्यानै जान सक्छ । टाउको तल निहुर्‍याएर नाकलाई औलाले थिचेर राख्ने, नाथ्री फुटेका बेलामा गरिने सबैभन्दा राम्रो प्राथमिक उपचार नै यही हो । त्यसपछि रगत बग्न रोकिए वा नरोकिए पनि चिकित्सककहा भने जानैपर्छ ।
गर्मी मौसममा यो समस्याबाट बच्न बढी तापक्रममा नजाने, चिसो पेय पदार्थ तथा पर्याप्त पानी पिउने गर्नुपर्छ । नाकको उचित हेरचाह र सरसफाइ गरिरहनुपर्छ । जथाभाबी कोट्याउदा, फोहोर जम्दा वा पानी पर्दा पनि नाकमा संक्रमण् हुन सक्छ । नाकको रोगले कान, मस्तिष्कसम्म असर गर्छ । मेनेन्जाइटिस हुनाको प्रमुख कारण् यसैलाई मानिन्छ । नाकका नलीहरू कानसग जोडिएका हुन्छन् । यही कारणले गर्दा रुघा लाग्दा बच्चाहरूको कान पाकिरहेको पाइन्छ कहिलेकाही । सिगानसगै रगत पनि आयो भने उपचार कार्यमा ढिलाइ गर्नु हुदैन ।
नाकको हड्डी बांगो हुनु पनि रगत आउनाको अर्को कारण हो । चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरिहाल्नु राम्रो हुन्छ । बच्चामा नाक गन्हाएको वा रगत बगिरहेको छ भने उसको नाकभित्र कुनै बाहिरी वस्तु छिरेको बुझ्नुपर्छ । त्यस्तै ५५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई यस्तो भएको छ भने उनीहरूको नाकमा ट्युमर पलाएको हुन सक्छ । उपचारका लागि नाक, कान, घाटी विशेषज्ञकहा जानुपर्छ । सुक्खा नाकलाई मुलायम बनाउन विभिन्नथरी मल्हम पनि आएका छन् तर यी पनि चिकित्सकको सल्लाहबाटै प्रयोग गर्नुपर्छ, नत्र झन् समस्या निम्तिन बेर लाग्दैन ।
प्रस्तुतिः प्रवीण ढकाल

प्रतिक्रिया