माया गर्दा रोग उपहार

पाच महिनादेखि एक वर्षसम्मका नानीबाबुहरू जब रुन्छन्, उनीहरूलाई भुल्याउन हामी हातमा कुनै सामग्री राखिदिन्छौ । आङ्खनो मोबाइल, टिभीको रिमोट, कलम वा रुपिया दिएर फुल्याउने प्रयास गर्छौं । यो उनीहरूलाई चुप बनाउने मात्र होइन, माया दर्साउने तरिका पनि हो । तर, तपाईंलाई थाहा छ ? हामीले माया गर्ने बहानामा नजानिदो गरी दिनेगरेका तिनै सामग्रीमार्फत अबोध नानीबाबु लाई ‘रोग उपहार’ दिइरहेका हुन्छौ ।
६ महिनादेखि एक वर्ष (अलि ठूलो हुदा पनि) सम्मका नानीबाबुले हातमा परेका हरेक वस्तु सोझै मुखमा पुर्‍याउछन् । यो अवस्थालाई काठमाडौं मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. अनिलराज ओझा ‘ह्यान्ड टु माउथ रिगार्ड’ भन्छन् । डा. ओझाका अनुसार हामीले दिनभरि प्रयोग गरेका मोबाइल, रिमोट, रुमाल, सिक्का र कलम आदि वस्तु अत्यन्त हानिकारक हुन्छन् । ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा र फंग्सजस्ता कीटाणु र जीवाणु रहन्छन् ।
‘त्यस्ता वस्तु नानीबाबुको मुखमा आउदा कीटाणु र जीवाणुले आक्रमण गर्ने खतरा हुन्छ’ –डा. ओझाले भने । मोबाइल हातको सम्पर्कमा आइरहने र जस्तोसुकै अवस्थामा पनि प्रयोग भइरहने भएकाले स–साना नानीबाबुका लागि रोगको कारण बन्न सक्ने उनको भनाइ छ । रुपिया–पैसा धेरै ठाउ र अवस्था पार गर्ने वस्तु भएकाले यसले पनि बालबालिकामा रोग सार्न ठूलो मद्दत गर्ने प्रस्ट्याउदै डा. ओझाले भने, ‘रुपिया, पैसाको प्रयोग सबैले गर्छन् । सरसफाइ गर्ने, फोहोर उठाउने, मासु पसले सबैले पैसा खेलाएका हुन्छन् ।’ त्यस्ता पैसाहरू शिशुहरूलाई ‘खुसी पार्न’ दिदा उनीहरूले सिधै मुखमा पुर्‍याउछन् । यसले उनीहरूमा आउ रगत पर्ने, झाडापखाला, रुघाखोकी र छालासम्बन्धी रोग लाग्छन् । स–साना नानीबाबुमा यसै पनि रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ ।
यो उमेरमा बालबालिकाको दात निस्कन्छ । पखाला र रुघाखोकी पनि लागिरहन सक्छ । ‘मानिसहरू दात उम्रने बेला बच्चालाई पखाला लाग्छ भन्छन् । खासमा त्यसको कारण दात उम्रनु होइन,’ डा. ओझाले भने, ‘उनीहरूले हातमा परेका वस्तु सोझै मुखमा हालेर कीटाणुको संक्रमण हुनु हो ।’
बर्डङ्खलुको त्रास झनै फैलिइरहेछ हिजोआज । कारोबार गरिने रुपिया–पैसा मासुपसलेको सम्पर्कबाट हामीकहा पुगेको हुन सक्छ । यस्ता वस्तुहरू नानीबाबुलाई दिदा स्नेहभन्दा बढी घातक ठहरिन सक्छ । अबोध बालबालिकालाई माया गर्नुपर्छ । हाम्रो स्नेह, हेरविचार र मायाले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ । तर, माया गर्दा उनीहरूमा नजानिदो गरी आइलाग्ने समस्यामा ध्यान पुर्‍याउन आवश्यक छ । डा. ओझाले भने– ‘माया गर्नुस् । स्नेह गर्नुस् तर रोग नसार्नुस् । उनीहरूका लागि सफा–सुग्घर खेलौनाको व्यवस्था गरिदिनुस् ।’

प्रतिक्रिया