“साथीहरूसग मिलेर अम्बा चोर्थें”

भाइबहिनीहरू, म ओखलढुंगाको थाक्ले–८ को हिलेपानी सोक्मटारमा ४० वर्षअगाडि जन्मिएको हु, २०२९ साल चैत २५ गते । आमा धनलक्ष्मी राईको अनुहार कस्तो थियो, मलाई थाहा छैन । म दुई वर्षको हुदा–नहुदै उहाको स्वर्गवास भयो । म हजुरआमाको दूध चुसेर हुर्किए । बुबा मानबहादुर राई महादेवीस्थान प्रावि (धारा) हिलेपानीका शिक्षक हुनुहुन्थ्यो । एकदेखि तीन कक्षासम्मको पढाइ त्यही स्कुलमा पूरा गरेको हु ।
मेरो बाल्यकाल हिलेपानीनजिकैको दूधकोसी खोलामा पौडी खेल्दै, माछा मार्दै बितेको हो । परिवार पढेलेखेको थियो । काकाहरूले बिए, एमए गरेको देख्दा मलाई सानैदेखि ‘पढ्नुपर्छ’ भन्ने लाग्थ्यो । दुब्लोपातलो थिए । स्कुल जादा एक घन्टा उकालो हिड्नुपथ्र्यो । एक दिन स्कुल जादा घामले रापिएर बाटैमा बिमारी परे । पढेको स्कुल खरले छाएको, पुरानो, भाच्चिएका डेस्क, बेन्च भएको अवस्थामा थियो । कालोपाटीमा खरीले लेखेर पढ्थ्यौ, कलमकापीको जमाना थिएन ।
एक दिन मैले कापीमा खिरिलो अक्षरमा ‘क’ देखि ‘ज्ञ’ सम्म लेखेर बुबालाई देखाए“ । बुबाले प्रशंसा गर्नुभयो । त्यसले मलाई जीवनभर उत्पे्ररणा मिल्यो ।
बुबा हेडमास्टर भएकाले हामी गाउभरिका विद्यार्थीलाई समेटेर स्कुल लैजान्थ्यौ । अरूलाई पनि पढाउनुपर्छ भन्ने थियो । भुवनसिंह राई ‘तपाईंले मलाई बाटोमा खेलिरहदा एक मुठ्ठी बयर दिएर फकाएर पढ्न लगाउनुभएको हो’ भनेर अहिले पनि भन्छन् ।
तीनबाट सात कक्षासम्मचाहि सुनकोसी किनारको हर्कपुर निमाविमा पढे । त्यहा पढ्दा मैले सात बजे नै घरबाट निस्कनुपथ्र्यो । ढिलो भयो कि म साथीहरूसग मिलेर खोलाखोल्सेरामै खेल्थे । साझ स्कुलबाटै आएजस्तो गरेर घर पुग्थ्यौ । कर्मपुरनेर सुनकोसीको ठूलो छहरा (घागी) छ । म त्यसैलाई हेरेर धेरैबेर रमाउथे । मेरो पढाइ कहिल्यै तेज भएन । सातमा तृतीय भएको थिए ।
स्कुल जादा–आउदा खुब भोक लाग्थ्यो । साथीहरूसग मिलेर गाउलेको अम्बा, तित्री, आप चोरेर खान्थे । हर्कपुरमा पढ्दा सरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको व्याख्या गरेर ल्याउन गृहकार्य दिनुभयो । मैले चार पाना लेखेर सरलाई देखाए । उहा खुसी हुनुभयो । सायद मभित्र काव्यिक चेतना थियो ।
म ११ वर्षको थिए । स्कुलबाट फर्किंदा माथिबाट ढुंगा आएर ट्याक्क टाउकामा लाग्यो । रगत बग्न थाल्यो । मेरो पछाडि भुवन भाइ आइरहेका थिए । मैले उनलाई ‘तिमीले हो’ भन्दै पिटे । उनी रोए । २९ वर्षपछि ०६७ सालमा गाउ जादा ‘त्यो ढुंगा तिमीले हानेका थियौ कि, थिएनौ’ भनेर सोधे । उनले होइन रहेछ, मैले माफी मागे ।
आज म राष्ट्रगानको रचनाकारका रूपमा चिनिएको छु । देशविदेशबाट धेरै सम्मान र माया पाइरहेको छु । कुनै दिन मैले काठमाडौं कहा पर्छ भनेर दाइलाई सोधेको थिए । दाइले पश्चिममा देखिने चुचुरो देखाएर ‘ऊ त्यो डाडापारि पर्छ, त्यहा मोटर आउछ’ भन्नुभएको थियो । मलाई गाउमा मोटर किन नआएको होला भन्ने लाग्यो । ठूलो हुदै गएपछि गाउका मान्छे विदेश जाने, लाहुरे बन्ने गाउमा नबस्ने कारणले हो भन्ने लाग्यो । मैले दूधकोसीपारि घा“स काट्न गएका बेला एक दिन एक मुठ्ठी माटो समातेर ‘नोकरी गर्न विदेश जान्न, गएछु भने प्राण जाओस्’ भनेर कसम खाए । राष्ट्रगानको सर्जक भएपछि हङकङमा सम्मान हुदा मात्र पासपोर्ट बनाए“ । मातृभूमिलाई माया गरे हामीले पनि माया पाउने रहेछौ भन्ने लाग्यो ।
गाउ“मा हाइस्कुल थिएन । मानेभन्ज्याङको भगवती माविबाट २०४६ सालमा प्रवेशिका पास गरेको हु । डेरामा भात पकाउने, दाउरा खोज्नुपर्ने भएपछि आठ कक्षामा त फेल नै भएको  थिए । एसएलसी सकेर सुनकोसी र दूधकोसीको दोभान जोर्तिघाटमा केही समय डुङ्गा खियाउने ‘घटवारे’ को काम पनि गरे । त्यो काम गर्दा काठमाडौंबाट गएका एक दाइले ०४६ को आन्दोलनको पर्चा दिनुभयो । मैले त्यो गाउमा बाडे । प्रहरीले खोज्यो । म लुकेर बसे । पछि आन्दोलन सफल भयो । पञ्चायत गएपछि गाउमा नया नेतृत्व चाहिएको थियो । मैले युवासग मिलेर गाउ“मा ‘समाजसेवा हिलेपानी’ संस्था खोले । हामीले प्रावि स्कुललाई मावि, पानी, बाटोघाटो, स्वास्थ्यचौकी बनाउने योजना बनायौ ।
भगवती माविमा पढ्दा नै कविता, साहित्यमा मेरो रुचि बढ्यो । नेपाली पढाउने गुरु घिरानन्द दाहाल संस्कृतका प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । कविता पढाउदा छर्लङ्गै पारिदिनुहुन्थ्यो । मैले उच्चशिक्षा काठमाडौंमा कानुन विषयमा गरे पनि मभित्रको सर्जक मन कहिल्यै दबेन । गाउको सम्झना, घरको यादमा झन् बढी लेख्न मन लाग्यो । सहरको भिडमा एक्लो हुनबाट चिनिन म प्रदीपकुमार राईबाट ‘व्याकुल माइला’ भनेर साहित्य लेख्न थाले । मेरो पहिलो कविता रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रममा अमोद भट्टराईले २०४७ सालमा प्रसारण गरिदिनुभयो । २०४८ सालमा ‘नया वर्षको शुभकामना तिमीलाई’ कविता समीक्षा साप्ताहिकमा छापियो । पछि साहित्य नशा बन्दै गयो ।
भाइबहिनीहरू, मैले राष्ट्रगान लेख्छु भनेर लेखेको होइन । राष्ट्रगान फेरिने सूचना टिपेपछि पनि मैले ‘तोलाको बोली खोलामा किन फाल्ने’ सोचेको थिए । गान बुझाउने समय १५ दिन थप भएपछि प्रतिस्पर्धा स्वच्छ नै हुने रहेछ कि भन्ने सोचे । अनि भाग लिए । मजस्तो नचिनेको, नजानेको, काचो उमेरको सर्जकको रचना छानिएबाट निष्पक्ष नै भएको कुरा प्रमाणित भयो । राष्ट्रगान लेख्न म धेरै दिन एकोहोरिएको थिए । घोत्लिएको थिए ।
आज राष्ट्रगानको सर्जक भएर देश–विदेशबाट जुन सम्मान पाएको छु, त्यो धन्य छ । तर, चर्चित मान्छे भएर बाच्न धेरै गाह्रो हुदो रहेछ । म धेरै ठाउमा जानुपर्छ । जस्तोतस्तो रोजगारी गर्दा राज्यको सम्मानमा धक्का पुग्ला कि भन्ने लाग्छ । वकिल पेसामा नराम्रोलाई पनि राम्रो भन्नुपर्ला भनेर छाडिदिए । आर्थिक रूपले जीवन चलाउन गाह्रो होला जस्तो भएको छ । तर, खुसी के छ भने म ‘माध्यम’ भएर लेखेको रचना सिंगो देशले गाउछ । सबैले माया गर्छन् । यो मैले नसोचेको उपलब्धि हो । मलाई लाग्छ– हरेक मान्छेमा कुनै न कुनै प्रतिभा हुन्छ । त्यसलाई आफैले बाहिर ल्याउनुपर्छ ।
प्रस्तुतिः शिवराज योगी

प्रतिक्रिया