भिलियर्स चम्केपछि बंगलोरको जित

बंगलोर, २५ चैत । आइपिएल क्रिकेट प्रतियोगिताको शनिबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरले दिल्ली डेयर डेभिल्सलाई २० रनले पराजित गर्‍यो । १ सय ५८ रनको लक्ष्य पाएको दिल्ली पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ३७ रनमा सीमित भयो । दिल्लीलाई कम योगफलमा सीमित गर्ने क्रममा भेट्रान अप स्पिनर मुत्तैया मुरलीधरनले घातक बलिङ गरे । मुरलीले ४ ओभरमा २५ रन खचिर्ंदै तीन विकेट लिए । दिल्लीका लागि नमन ओझाले सर्वाधिक ३३ रन जोडे । मुरलीधरनको बलमा विराट कोहलीलाई क्याच दिनुअघि नमनले २६ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गरे । यसैगरी, ओपनर एरोन फिन्चले २४ बलमा २५ रन जोडे । उनी पनि मुरलीधरनको बलमा एलबिडब्लु आउट भए । यसअघि ७.२ ओभरमा एक विकेट गुमाउँदै ५५ रन जोडेको दिल्लीको जित हात पार्न सक्ने अवस्थामा थियो । नवौं क्रमका ब्याट्सम्यान इरफान पठानले १५ बलमा २४ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले आठ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल खडा गर्‍यो । बंगलोरका लागि दक्षिण अपि|mकी ब्याट्सम्यान एबी डिभिलियर्सले ६४ रन प्रहार गरे । ४२ बलको सामना गरेका भिलियर्सले ६ चौका र दुई छक्का प्रहार गरे । भिलियर्स ब्याटिङ गर्न आउनुअघि बंगलोरले ६ ओभरमा ४६ रन खचिर्ंदै दुइ विकेट गुमाएको थियो । पहिलो २२ बलमा २२ रन नै प्रहार गरेका भिलियर्सले यसबीचमा तीन पार्टनरलाई गुमाएका थिए । उनले १४आं ओभरमा ड्रग ब्रेसवेलको बलमा एक्स्ट्रा कभरमा ड्राइभ गर्दै चौका प्रहार गर्दै टोलीको स्कोर १ सय पुर्‍याएका थिए । बंगलोरले १ सय ६० रनको आँकडा पार गर्ने सम्भावना रहे पनि ब्रसवेलले अन्तिम तीन बलमा दुई विकेट लिए ।
अलराउन्ड प्रदर्शन गरेका एन्ड्रयु म्याक डोनाल्डले पनि १९ बलमा ३० रन प्रहार गरे । उनले चार चौका र दुई छक्का प्रहार गरे । डोनाल्डले दुई ओभरमा ११ रन खचिर्ंदै एक विकेट लिए । दिल्लीका ड्रग ब्रेसवेलले चार ओभरमा ३२ रन खचिर्ंदै तीन ब्याट्सम्यान आउट गरे । पहिलो खेलमा सानदार बलिङ गर्दै दिल्लीलाई जित दिलाउन अहं भूमिका निर्वाह गरेका मोर्ने मोर्कालले दोस्रो खेलमा पनि ३० रन खर्चेर दुई विकेट लिए । भिलियर्स आइपिएलमा अर्द्धशतक प्रहार गर्ने दोस्रो दक्षिण अपि|mकी खेलाडी बनेका छन् । पहिलो खेलमा मुम्बईका रिचर्ड लेभीले पनि अर्द्धशतक प्रहार गरेका थिए ।

राजस्थान विजयी
शुक्रबार भएको खेलमा राजस्थान रोयल्सले पन्जाब सुपरकिङलाई ३१ रनले पराजित गर्‍यो । राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रनको योगफल खडा गर्‍यो । जवाफमा १ सय ९२ रनको विशाल लक्ष्य लिएको पन्जाब २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ६१ रनमा समेटियो ।
राजस्थानको विशाल योगफलमा अजिन्के रहानेको ९८ रनको महत्वपूर्ण योगदान रहयो । यस सिरिजमा पहिलो शतक प्रहार गर्नबाट दुई रनले चुकेका रहानेले ६६ बलमा १६ चौका र एक छक्का प्रहार गरे । उनी जेम्स फल्कनरको बलमा छक्का प्रहार गर्ने प्रयासमा बोल्ड भए । तीन बल बाँकी छँदा उनी चौथो विकेटको रूपमा आउट भएका थिए । रहानले राहुल द्रविडसँग मिलेर पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । द्रविडले २८ रन जोडे ।
पन्जाबको इनिङमा पनि कम परिचित मन्दीप सिंहले ३४ रन प्रहार गरे । अंकित चाभनको बलमा बोल्ड हुनुअघि सिंहले २५ बलको सामना गर्दर्ै पाँच चौका प्रहार गरेका थिए । एडम गिलक्रिस्टले १८ बलमा २७ रन प्रहार गरे । राजस्थानका केभिन कुपरले चार ओभरमा २६ रन खचिर्ंदै चार विकेट लिए ।

प्रतिक्रिया