बस्तु चराउदै पढ्दै

भाइबहिनीहरू † तिमीहरू तिलप्रसाद दर्लामीलाई पक्कै चिन्दैनौ होला । उनी तिमीहरूजस्तै उमेरसमूहका ग्रामीण बालक हुन् । नवलपरासीको पहाडी गाउ रुचाङमा बस्छन् । त्यहाको श्री महेन्द्रज्योति प्राविको कक्षा पाचमा पढ्छन् । तर, उनलाई घरमा पढेर बस्न उति धेरै समय मिल्दैन । आमाबुबालाई घरको काम सघाउदैमा बित्छ । बिहान भाले बास्दा उनी पनि आमाबुबासगै उठ्छन् । गोठमा आमाबुबाले गोबर ङ्खयाकेर कुडोपानी दिदासम्म उनी एक भारी घास काटिसक्छन् । घर फर्कंदा स्कुल पुग्ने समय भइसक्छ । उनी भन्छन्, ‘छिटोछिटो भात खाएर स्कुल जान्छु ।’ त्यसरी हतारिदा कहिलेकाही उनको पहिलो घन्टी पूरै छुट्छ । पेटभरि खान पनि भ्याइदैन रे । त्यसैले गोजीमा भुटेको मकै राखेर खादै हिड्दा रहेछन् ।
पहाडतिरका तिमीहरूजस्तै साथीहरूलाई सहरमा जस्तो सजिलो हुदैन । उनीहरू बालश्रमिक पनि होइनन् । यो उनीहरूको पारिवारिक बाध्यता हो । ‘यसरी सबै मिलेर नगरे घरको काम नै सकिदैन,’ अभिभावक सीतामाया रानाले बताइन् ।
रिममाया दर्लामीको काम पनि स्कुलबाट फर्केलगत्तै सुरु हुन्छ । उनी स्कुल ड्रेसमै आमाले भैसी चराइरहेको ठाउ पुग्छिन् । घास काट्ने र दाउराका छेस्का बटुल्ने काम पनि गर्छिन् । एकैचोटि सा“झ घर फर्कंदा निकै थकाइ लाग्छ रे । तिमीहरूलाई जिज्ञासा उठ्ला, ‘अनि कतिखेर पढ्लिन् त उनी ?’ घरमा उनीहरू धेरैबेर पढ्नै भ्याउदैनन् तर स्कुल जानचाहि छाड्दैनन् है † गाउका धेरै अभिभावक अशिक्षित छन् । ‘उनीहरूलाई पढाइको महत्व नै थाहा छैन । पढ्नु भनेको स्कुल पुग्नु मात्र हो भन्ने सोच्छन्,’ पछौटेपन उन्मूलन समाजका शालिकराम पाण्डेले भने, ‘पहिलेपहिले त स्कुल नै पनि बालबालिका कमै पठाइन्थे, आजकल कमसेकम स्कुल जान थालेका छन् ।’
पहाडतिर स्कुल पुग्न निकैबेर हिड्नुपर्छ । प्राथमिक विद्यालयहरू केही धेरै भए पनि माध्यमिक विद्यालय कम छन् । अझ तिलप्रसादले सबैभन्दा नजिकको माध्यमिक विद्यालय पुग्न परे कम्तीमा चार घन्टा लाग्छ । विकट ठाउ भनेर शिक्षकहरू पनि नियमित जादैनन् । कतैकतै त एउटै शिक्षकले धेरै विषय पढाइरहेका हुन्छन् भने कहीकही त थोरै शिक्षक भएकै कारण एउटै कोठामा धेरै कक्षाका विद्यार्थी साथै राखेर पढाएको पनि पाइन्छ ।
रुचाङमा गाडी गुड्दैनन् । भर्खर बाटो बन्दै छ । तराईतिरजस्तो साइकल चलाउन पनि मिल्दैन । मोबाइल टिप्दैन । त्यसैले सानोतिनोदेखि लिएर ठूल्ठूला कामसम्ममा मानिसहरू आफै भिड्नुपर्छ । धेरै काम हुने कसैकसैको घरमा त बालबालिकालाई पालो बिराएर स्कुल पठाउनेसमेत गरिन्छ ।
कति त आमालाई काम गर्न सजिलो होस् भनेर आमासगै भाइबहिनी बोक्दै हिड्छन् । छोराछोरीमा घरको काम गर्ने बानी सानैदेखि विकास होस् भनेर बालबालिका हिड्न थाल्दादेखि नै अभिभावकले सानोतिनो काम लगाउन थालिहाल्छन् ।

प्रतिक्रिया