नेप्टे बादरको इमानदारी

स्वयम्भूको डाडामा घामको पहिलो किरण छरियो । बिहानैदेखि भक्तजनको हल्लाखल्लाले बिउझिएको नेप्टे नामक युवा बादरले आफूसगै हागाको कापमा निधाइरहेको चकचके नामको मोटो भाइ बादरलाई उठायो । दुवैले यताउति आङ्खना आमाबालाई खोजे । उनीहरूका आमाबा कटुसका अग्ला रूखमा चढेर कलिला पात चपाइरहेका थिए । नेप्टे फुत्त आफू सुतेको रूखबाट पल्लो कटुसको रूखमा फड्कियो । चकचके पनि दाजुको सिको गर्दै कटुसको हागामा टेक्न पुग्यो । तब दुवै दाजुभाइ एकअर्कालाई उछिन्दै आमाबा भएका ठाउमा पुगे र कलिला पात चपाउदै बिहानको नास्ता गर्न थाले ।
केही समयपछि बाले उसलाई भने, ‘नेप्टे † आज दाया–बाया जाने होइन नि । तिमी दिनभर मैसग हिड्नुपर्छ ।’ नेप्टेले आमातिर हेर्दै अध्यारो मुख लगायो । आमाले छोराको पीडा बुझ्दै भनिन्, ‘धन्दा नमान † तिमीले कसैको केही पनि चोर्नु पर्दैन † तिमी हामीसग हिड मात्र ।’
तब त्यो बादरको सानो परिवार हागामा झुन्डिदै सर्कसका डोरीमा खेल देखाउने साना रंगीचंगी मानिसजस्तै रूखबाट झर्न थाल्यो  । जमिनमा खुट्टा पर्नेबित्तिकै अगाडिअगाडि बाबु र क्रमशः आमा, चकचके र नेप्टे चार हातपाउ टेकेर स्वयम्भूको मन्दिरतर्फ लागे ।
विश्वशान्तिको कामना गर्दै बनाएको सुन्दर पोखरीका वरिपरि मानिसहरू झुम्मिएका थिए । मानिसहरू सिक्का पोखरीतर्फ हुत्याइरहेका थिए । यो देखेर सधैजस्तो नेप्टेलाई उदेक लाग्यो । केही माथि स्वयम्भूका भर्‍याङभरि बूढाखाडा गरिब–गुरुवाहरू एक रुपियाको आशामा बसेका थिए । उनीहरूलाई मान्छेले वास्ता गर्दैनथे । मुस्किलले दिनभरिमा आधापेट खाने मात्र सामल जुटाउथे । तर, यस पोखरीमा प्रत्येक मानिसले सिक्का फालिरहेको देख्दा नेप्टेले आमालाई सोध्यो, ‘आमा † पोखरीमा पैसा फालेर के हुन्छ ? खान नपाएकालाई दिदा पो राम्रो होइन र ?’
आमाले नेप्टेको टाउकाबाट जुम्रा टिपिदिदै भनिन्, ‘हो बाबु † खान नपाएकालाई दिदा राम्रो हुन्छ । फालेर त कसैलाई राम्रो हुदैन । तर, उनीहरूलाई कसले सम्झाउने ? उनीहरू त आफूलाई सबभन्दा बुद्धिमान् प्राणी मान्दछन् ।’
चकचकेको तीखो स्वरले उनीहरूको वार्तालाप टुंग्याइदियो । रिसाएका मानिसका हल्लाखल्लाले दुवै आमाछोरा दौडदै सल्लाको रूखमा चढे । अर्को रूखमा त पाउरोटीको सिंगो पोको बोकेर चकचके बुबासगै खुसी हुदै रहेछ । मानिसहरू चाहि टाढैबाट साना–साना ढुंगा, लठ्ठी उनीहरूतिर फाल्दै थिए । सानी केटी फलामे बारमा अढेस लागेर रुदै थिई । नेप्टेलाई कुरा बुझ्न गाह्रो परेन, ‘पक्कै त्यही केटीको पाउरोटी हुनुपर्छ चकचकेले चोरेको ।’ नेप्टे सानी केटीको रुवाइले दुःखी भयो ।
चकचकेले उनीहरूलाई पाउरोटीको बुजो मुखमा कोचेर हातको सानले बोलायो । आमा हागाबाट फुत्त फुत्त उफ्रिदै उनीहरू चढेको रूखमा पुगिन् र नेप्टे नआएको देखेर डाकिन् । नेप्टेलाई जान मन लागेन । ‘अर्कालाई दुःखी बनाएर चोरेको कुरा कसरी खानु । मैले नचोरेर के भो र, चोरेको कुरा खा“दा म पनि त चोरै हुन्छु नि,’ उसले सोच्यो । ऊ सगैको रूखमा फड्कियो र रूखको बोक्रा खान थाल्यो ।
‘तेरो छोरो झन्–झन् बिग्रदै छ । मान्छेले त असल गुण त्याग्दै गएका बेलामा बादरले बुद्ध बन्न खोजेर हुन्छ ?’ बुबा क्रुद्ध हुदै भन्दै गए । ‘अस्ति बादरको मुखियाले भनेको बिर्सियो कि के ? मानिसका अगाडि ज्ञानी बनेर माग्दै गरेको फेरि भेटियो भने स्वयम्भूको बादरका समूहबाट बाहेक गरी एक्ल्याउने कुरा छ, ऊ भने …।’ बुबाको कुरा सुनेर आमा दुःखी भइन् । अस्ति माया गरेर मानिसले दिएको हरिया मकै हातबाटै लिएर खादै गर्दा मुखियाले भेटेर नेप्टेलाई अन्तिम मौका दिएको उनले सम्झिइन् । छोराको चोरी गर्दै गर्दिन भन्ने जिद्दी र बादरको नचोरी मागेर खानेलाई सजाय दिने चलनले उनी विचलित हुन पुगिन् ।
बाआमाका आखा छलेर नेप्टे एक्लै जंगलतिर लाग्यो । बिस्तारै बिहानको पातको नास्ताले छाड्दै गएपछि ऊ खानाको खोजीमा यताउति घुम्न थाल्यो । त्यसै बेला ऊ चढेको रूखमुनि साना केटाकेटी आए र झोलाबाट सेलरोटी झिकेर खान थाले । सेलरोटीको बास्नाले ऊ लठ्ठ पर्‍यो । रोटी चपाउदै गरेको कालो सर्ट लगाएको केटाले उसलाई देख्यो र साथीसग खै के–के भन्न थाल्यो । ऊसगैकी केटीले झोलाबाट रोटी झिकी र नेप्टेलाई देखाउदै बोलाई । नेप्टेले यताउति हेर्‍यो । कतै पनि साथी बादरको हुल नदेखेपछि ऊ ढुक्क भयो र बिस्तारै ओर्लिएर गई केटीका हातबाट सेल लियो । ऊ सेलरोटी चपाउन आट्दै थियो, हल्लाखल्ला गर्दै साथी बादरहरू आफूतिरै आइरहेको देख्यो । बा“दरको हुल देखेर केटाकेटी डराए र बेतोडले कुदे ।
बादरहरूले नेप्टेलाई बा“दरको मुखियाअगाडि उभ्याए । मुखियाले स्वयम्भू जंगलको चलन नमानेकाले नेप्टेलाई समूहबाट एक्लो बनाउने र जंगल निकाला गर्ने निर्णय गरे । निर्णय सुनेर नेप्टेकी आमा दुःखी भइन् । उनी कसरी आङ्खनो छोरालाई एक्लै छोड्न सक्थिन् र ? अतः उनी नेप्टेसगै रानीवनतिर जान तयार भइन् । अघि छोरालाई गाली गर्ने बाले पनि छोराको पक्ष लिदै भने, ‘असल काम गरेकाले मेरो छोराले सजाय पायो । जे भने पनि चोर्नु त खराबै हो नि । मेरो छोराको विचार शतप्रतिशत ठीक छ । म पनि छोरासगै रानीवन जान्छु ।’ बाबुसगै चकचके पनि मिसिन आइपुग्यो । चोरी गर्नु पाप हो भन्ने मन्त्र जप्दै त्यो चार जनाको परिवार जतिसुकै गाह्रो भए पनि असल बन्ने प्रण गर्दै रुखोसुखो खाएरै भए पनि जीवन धान्न रानीवनतिर लाग्यो ।

प्रतिक्रिया