आठ स्रष्टा सम्मानित

काभ्रे : जनमत प्रकाशन प्रालि बनेपा काभ्रेले शनिबार विभिन्न विधामा आठ स्रष्टालाई सम्मान गरेको छ । साहित्यकार लक्ष्मण राजवंशीले स्रष्टालाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
सम्मानित स्रष्टामा जनमत सम्मानबाट तेजेश्वरबावु ग्वंग, गणेश खिलकुमारी दुवाल पुरस्कार कोषबाट मथुरा सायमी, दीपा- जनमत सम्मान कोषबाट हरिप्रसाद पाण्डेय, केवलपुरे सम्मानबाट गंगा पौड्याल, जनमत कलाकार सम्मानबाट नरेश संजु, जनमत जनसेवा सम्मानबाट डा. जंगब चौहान, कमला सैंजु सम्मानबाट पत्रकार यशोदा तिम्सिना र जनमत सहयात्री सम्मानबाट नवराज दाहाल उत्साही छन् ।
प्रकाशन प्रालिका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार राधेश्याम मुल्मी, रामप्रसाद दाहाल, मुकुन्दप्रसाद शर्मालगायतले मन्तव्य राखेका थिए । जनमत प्रकाशन प्रालिले हरेक वर्ष आठ स्रष्टालाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया