एल्बममा बूढापाकाका कुरा

काठमाडौं : लोकदोहोरी एल्बम यै भन्छन् बूढापाकाले लिएर युवा गायक भीमबहादुर तामाङ नेपाली लोकदोहोरी फाँटमा उदाएका छन् । मानव बेचबिखनविरुद्धकी अभियन्ता चरीमाया तामाङको हातबाट शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सो एल्बम विमोचन भएको हो । शुभलाभ क्यासेट सेन्टरको प्रस्तुति रहेको एल्बममा शब्द तथा लय संकलन सञ्जीव गैरेको छ । तामाङलाई गायनमा गायिका मुना थापाले साथ दिएकी छिन् । पहिलो एल्बम भए पनि आफूले मेहनत गरेर पृथक शैली अपनाएको तामाङले बताए ।

 

 

बजारमा रुम्जाटार
काठमाडौँ : गायक कल्याण राईले आफ्नै शब्द तथा संगीतमा लोकजुहारी एल्बम हाम्रै रुम्जाटार भाग-४बजारमा ल्याएका छन् । मगमग बास्ना र सप्तकोसी बोलका दुई गीत रहेको एल्बममा कल्याण राई, कृष्ण गुरुङ, रामदेवी गुरुङ, पुष्पा राई, वसन्ती राई र प्रलाप राईको स्वर छ । भ्वाइस अफ नेपालको प्रस्तुति रहेको एल्बम यलम्बर म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिक्रिया