खोजखबर

‘प्रतिवेदनको जिम्मा उपसमितिलाई’

सौर्य अनलाइन २०६८ चैत २५ गते १२:२२ मा प्रकाशित

काठमाडौं, २५ चैत । राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवदेनमा रहेका बिवादित बिषय सहमतिमा टुङगाउने जिम्मेवारी संवैधानिक समितिले बिवाद समाधान उपसमितिलाई दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले आयोगको प्रतिवेदनलाई सर्वसम्मतिले उपसमितिमा पठाउने निर्णय समेत गरेको छ । प्रतिवेदनमा सामान्य छलफल पछि उपसमितिमा पठाउने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैवीच, बैठकमा प्रमुख दलका शीर्ष नेताहरु आजपनि अनुपस्थित रहे । एमाले अध्यक्ष झलनाथ खनाल ढिलागरेर पुगे पनि अन्य दलका प्रमुख नेताहरु भने अनुपस्थित रहेका थिए ।

संविधानमा सहमति खोज्ने भन्दै पटक पटक समय लिएका शीर्ष नेताहरु संवैधानिक समितिमा अनुपस्थित रहेपछि साना दलहरुले उनीहरुको आलोचना समेत गरेका थिए ।

 

यसैवीच, संवैधानिक समितिको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित भएको छ । संविधान बनाउने बिषयमा दैनिक सरह छलफल गर्नुपर्नेमा समिति बैठकनै अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रतिक्रिया