पहिचान सहितको थारु प्रदेश माग

काठमाडौं २५ चैत । थारु संयुक्त संघर्ष समितिले जेठ १४ भित्रै संविधान जारी हुनुपर्ने भन्दै तराईका धर्तिपुत्र थारु जातिका लागि पहिचानसहितको बहुप्रदेश माग गरेको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संघर्ष समितिले बैशाख १० सम्म पहिचान सहितको संघीयता बन्ने परिपक्क आधार नबने सम्पूर्ण थरुहट तराईमा विशाल जनप्रदर्शनसहित निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

समितिले थरुहट तराईमा बहुप्रदेशको निर्धारण, त्यसको नामाकरण, थरुहट तराईको ऐतिहासिक पहिचान र व्यवहारिक सीमा र अधिकार सुनिश्चित गर्नका लागि आगामी २०६९ बैशाख ८, ९ र १० गते थरुहट गोलमेच सम्मेलन चितवनको सौराहमा गर्ने भएको छ ।

थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले पहिचानविहिन संघीयता थारुलाई मान्य नहुँने बताए ।

प्रतिक्रिया