माओवादीको संस्थापन र बैद्य समूहबीच झडप

कैलाली, २५ चैत  । एनेकपा (माओवादी)को संस्थापन र बैद्य समूहका कार्यकर्ताबीच आज दिउसो धनगढीमा झडप भएको छ । झडपमा एक जना मजदूर घाइते भएका छन् ।

मजदूर भलाई कोषको लागि संकलन रकम हिनामिनाको विषयमा विवाद उत्पन्न हु“दा भएको झडपमा बैद्य समूहका मजदूर भरत विष्ट घाइते भएका हुन् । संस्थापन पक्षका कार्यकर्ताले क्रिकेटको व्याट प्रहार गर्दा विष्टको टाउ“को फुटेको छ ।

बैद्य समूहका अनिल आचार्यले संस्थापन पक्षको कुटपिटबाट आफ्ना पक्षका थप दुई कार्यकर्तापनि घाइते भएको बताए । संस्थापन पक्ष र बैद्य पक्षका मजदूर र वाईसिएलबीच मजदूर भलाई कोषको रकम संकलन गर्ने ठाउ धनगढीस्थित मिलन चोकमा झडप भएको हो ।

संस्थापन पक्षका पार्टी नेताले कोषका लागि रकम संकलन गरेर मोटरसाइकल किनेको भन्दै बैद्य पक्ष नेताकार्यकर्ताहरुले हिसाब मागे पछि शुक्रबारदेखि विवाद चर्केको एनेकपा माओवादीका जिल्ला ईञ्चार्ज हरि ज्ञवालीले बताए ।

शुक्रबार बैद्य पक्षले आफू निकटका कार्यकर्ताहरुलाई कुटपिटको प्रयास गरेपछि आज संस्थापनले पनि प्रतिकार गरी कुटपिट गर्न बाध्य भएको पार्टी एरिया सचिव निर्मल कुव“रले बताए ।

संस्थापन पक्ष र बैद्य पक्षका कार्यकर्ताहरु छुट्टाछुट्टै स्थानमा एक अर्काको प्रतिकारका लागि तयारी समेत गरेका छन् । घटनाले उग्ररुप लिने आशंकामा प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

प्रतिक्रिया