अब त राजधानी छोड्दिनः अध्यक्ष खनाल

काठमाडौं, २५ चैत । एमाले अध्यक्ष झलानाथ खनालले शान्ति र संबिधान पुरा नभएसम्म आफूले राजधानी नछोड्ने बताएका छन् ।

मुस्ताङका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, बुद्धीजिबी र महिला प्रतिनिधिहरुसंग आज भएको टेलीफोन बार्ताका क्रममा खनालले नयाँ संविधान नबन्दा सम्म राजधानी नछाड्ने बताएका हुन् ।

खनालले प्रमुख दलका शीर्ष नेताहरु जनदबाबको बेवास्ता गरि राजधानी बाहिरका कार्यक्रमहरुमा सहभागी हुँदा शान्ति र संबिधान लेखनमा असर पर्ने बताए ।

मुस्ताङका एमाले अध्यक्ष चन्द्रमोहन गौचन, पूर्व जिविस सभापति समेत रहेका कांग्रेस नेता आनन्द शेरचन, नागरिक समाजका अगुवा रामचन्द्र अधिकारी र महिला प्रतिनिधि जमुना थकालीसंग अध्यक्ष खनालले आफ्नै निवास डल्लुबाट टेलीफोन सम्बाद गरेको उनको निजी सचिवालयले जनाएको छ ।

एमाले मुस्ताङका अध्यक्ष गौचनले शान्ति र संबिधान लेखनको अभियान चलिरहेको बेला राजधानी नछोड्न अध्यक्ष खनाल सुझाव दिएका थिए । उनले जातीय राज्य बनाउन नहुने भन्दै सबैलाई मान्य हुने संघीयतामा जानुपर्ने बताए ।

कांगे्रसका आनन्द शेरचनले माओबादीको जालझेलबाट दुबै कांग्रेस र एमाले सर्तक रहन सुझाब दिए ।

सुझाव सुनेपछि अध्यक्ष खनालले शान्ति र संविधानमा निकास नआए मुलुक ‘महाविनास र अन्धकार’को वाटोमा जाने बताए । उनले जेठ १४ भित्रै संबिधान जारी गरि समुन्नत नयाँ नेपाल निर्माण गर्नुपर्ने बताए ।

खनालले शान्ति र संविधानका लागि सुझाव भन्दै बिभिन्न जिल्लाका नेताहरुसंग टेलीफोन सम्बाद गर्दै आएका छन् ।

प्रतिक्रिया