श्रीलंका हार टार्न संघर्षरत

कोलम्बो : इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली श्रीलंकाले हार जोगाउन सक्ने सम्भावना देखिएको छ । पहिलो इनिङमा १ सय ८५ रनले पछि परेको श्रीलंकाले शुक्रबार चौथो दिनको खेल सकिँदा ६ विकेट गुमाउँदै २ सय १८ रन जाडेको छ । श्रीलंकाको प्रयास अन्तिम दिनको आधासम्म ब्याटिङ गरेर २ सय रनको अग्रता लिन हुने छ । चार विकेट बाँकी रहेको श्रीलंका ३३ रनले अघि छ ।
श्रीलंकाका संकटमोचकका रुपमा फेरि एक पटक माहिला जयबर्द्धने देखिए । जयबर्द्धने ५५ रनमा नट आउट छन् । उनीसँगै एन्जोलो म्याथ्युज ३ रनमा नटआउट छन् । श्रीलंकाका लागि थिलान समवाविराले ४७ रन जोडे । इंग्ल्यान्डका ग्रेम स्वानले चार विकेट लिए । जेम्स एन्डरसन र स्टिभ फिनले एक/एक विकेट लिए ।
चार रनबाट दिनको खेल सुरु गरेकेा श्रीलंकाले १७ रन थप्दै लहिरु थिरुमाइनलाई ११ रनमा गुमाएको थियो । कुमार सांगाकारा २१ रन जोड्दै आउट भएपछि श्रीलंकाले १ सय २५ रनमा चौथो विकेट गुमाएको थियो । जयबर्द्धनेले समवाविरासँग मिलेर पाँचौ विकेटका लागि ९० रनको साझेदारी गरे । दुइ टेस्टको श्रृंखलामा श्रीलंका १-० ले अघि छ । श्रृंखलाका चार इनीङमा जयबर्द्धनेले दुइसतक र दुइ अर्द्ध सतक प्रहार गरेका छन् । यसैगरी ग्रेम स्वान र रंगना हरेथाले पनि दुवै टेस्टमा उत्तिकै सानदार बलङ गरेका छन् ।

प्रतिक्रिया