मख्ख बिना


नग्न फोटो खिचाएर एकाएक चर्चामा आएकी पाकिस्तानी अभिनेत्री बिना मल्लिकलाई बलिउड फापेको छ । त्यसैले हिजोआज उनी मख्ख छिन् । हालै उनले तीनटा फिल्म भ्याइसकेकी छिन् । उनले भ्याएको ‘दालमे कुछ काला हे’, ‘जिन्दगी ५०-५०’ र ‘मुम्बइ १२५ किमि’ सबै नारीप्रधान फिल्म हुन् ।
अङ्ग प्रदर्शन गर्न उदार मानिने बिना भन्छिन्, ‘नारीप्रधान फिल्ममा काम गर्न मैले निकै अगाडिदेखि खोजेकी थिएँ । नारी मुख्य पात्र भएको फिल्ममा काम गर्ने मेरो धोको पुरा भयो ।’ ‘दाल मे कुछ काला  हे’ कमेडी र ‘मुम्बइ १२५ किमी’ ‘सस्पेन्स थि्रलर’ फिल्म हो । ‘जिन्दगी ५०-५०’ को कथावस्तु नाटकमाथि आधारित छ । अहिले उनी ‘रजनी कि लग गइ’ फिल्मको छायांकनमा व्यस्त छिन् । ”सुपरमोडल’ बाहेक म अनुबन्धित भएको कुनै पनि फिल्ममा नायक छैनन् । सबै फिल्म नारीको कथामाथि आधारित छन् र उनैको वरिपरि फिल्म घुमेको छ,’ मख्ख पर्दै बिनाले सुनाइन् ।

प्रतिक्रिया