सलमानको घाँटीमा ‘लभ बाइट’

बलिउड अभिनेता सलमान खानको नाम अभिनेत्री एश्वर्य रायदेखि क्याटि्रना क्याफजस्ता अभिनेत्रीसम्म जोडिएको छ तर उनले अहिलेसम्म स्थायी प्रेमिका पाउन सकेका छैनन् । बलिउडका ‘मोस्ट ह्यान्डसम’ अभिनेता सलमानलाई चाहने युवती धेरै छन् तर बिडम्बना, सलमानले चाहेका केटीले उनलाई मन पराउँदैनन्, उनलाई मन पराउने केटीहरुलाई सलमान चाहँदैनन् ।
यस्तै कारणले अहिलेसम्म अविवाहित सलमानको घाँटीमा ‘लभ बाइट’ देखिएपछि हल्लीखल्ली मच्चिएको छ । सिएनएन आइबिएन सुपर आइडल अवार्ड कार्यक्रममा सहभागी हुन पुगेका उनको घाँटीमा ‘लभ बाइट’ देखिएको हो । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
‘सलमानको घाँटीको दाग ‘लभ बाइट’ जस्तो देखिन्छ । यदि यो ‘लभ बाइट’ हो भने सलमानलाई ‘बाइट’ गर्ने भाग्यमानी केटी को हो ? सबै जान्न इच्छुक छन्,’ भारतीय पत्रिका दैनिक भास्करले लेखेको छ । क्याटि्रनासँग सलमानको सन् २०१० मै ‘ब्रेकअप’ भएको थियो । त्यसयता उनले आफूलाई ‘सिङ्गल’ बताउँदै आएका थिए तर घाँटीको ‘प्रेमचिह्न’ देखेपछि सलमान एक्ला छन् भन्ने पत्याउन धेरैलाई गाह्रो परेको छ ।

प्रतिक्रिया