संघीय संविधान बनेन भने अर्को पार्टी जन्मन्छः थापा

विराटनगर २४ चैत । एकीकृत माओवादी पार्टीका महासचिव  रामवहादुर थापाले पार्टी फुट्ने वा जुटने भन्ने कुरा जेठ–१४ पछि टुङगो लाग्ने वताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै थापाले जनचाहना अनुसारको संविधान नआए जेठ १४ पछि पार्टीमा विभाजन आउनसक्ने बताए । उनले भने, ‘संविधान भनेजस्तै आए पार्टी एकढिक्का हुन्छ अन्यथा जे पनि हुन्छ ।’

उनले भने, ‘जनताको संघीय संविधान वनेन भने प्रसव वेदनामा रहेको नयाँ माओवादी पार्टी जन्मिने छ ।’

‘वर्तमान सरकार परिवर्तन गर्न आफूहरु दलहरुको सहमति अनुसार छलफलमा लागेका छौं’ थापाले भने, ‘सरकारले देशमा शान्ति र अमन चयन कायम गर्न नसकेका कारण परिवर्तन गर्न लागेका हौं ।’

प्रतिक्रिया