‘३९औ चोटिमा बल्ल स्विकारिन्”

स्कुले जीवनमा त मैले प्रेम र डेटिङको अनुभूति गर्न पाइन । जब दोस्रो एल्बमको गीतबाट चर्चा पाउन थाले“, केटी ङ्खयानहरूको डेटिङ प्रस्ताव प्रशस्तै आउन थाले । कसैले गुलाफको फूल पठाउथे त कसैले पोस्टकार्ड । यस्तै–यस्तै कुरा हुन्थे मेरो डेटिङ भनेकै ।
जीवनकै महत्वपूर्ण डेटिङ त हेटौडाको कन्सर्ट दिन जादा भएको थियो । वास्तविक पहिलो डेटिङ छुल्टिम डोल्मसगै भएको हो, जो अहिले मेरी श्रीमती हुन् ।  उनी अहिले कार्यक्रम प्रस्तोता र मोडल पनि हुन् । हेटौडाको कार्यक्रममा उनले पनि एउटा गीतमा आइटम डान्स गरेकी थिइन् । हेर्दाहेर्दै उनलाई कता–कता मन पराउन थालेछु ।
हेटौडाको कन्सर्ट सकिएपछि सांगीतिक टोली काठमाडौं फर्कियो । तर, मचाहि एक साथीमार्फत उनलाई भेट्ने प्रसंग मिलाउनतिर लागे । त्यहीको एक स्थानीय रेस्टुरेन्टमा भेट गरे । उनको स्थायी घर बाराको सिमरा रहेछ, हेटौडामा कलेज पढ्न आएकी रहिछन् । म २६ वर्षको थिए । हामीले भेट गरेको त्यो समय १२ बजेर १५ मिनेट थियो । रेस्टुरेन्टमा हामीले कोल्ड ड्रिंक्स पियौ । त्यति नै बेला मनको भावना उनीसग पोखिहाले– ‘तपाईंलाई म कस्तो लाग्छु, मचाहि तपाईंलाई एकदम मन पराउछु, विवाह गर्न चाहन्छु ।’ मेरो प्रस्तावले उनी झसङ्ग भइछन् क्यारे । केही समय निःशब्दै भइन् । अनि भनिन्– ‘केही समय सोच्छु अनि डिसिजन दिन्छु ।’ हामी दुई घन्टा सगै बस्यौ, आ–आङ्खनो पारिवारिक स्थितिका बारेमा पनि कुराकानी भएको थियो । रेस्टुरेन्टलाई १२ सय रुपियाको बिल तिरेको थिए । उनलाई दिन भनेर एउटा गिङ्खट पनि लगेको थिए, उनी खुसी भइन् । उनको त्यो खुसीले मेरो मनलाई रोमाञ्चित बनाइरहेको थियो । अहिलेका युवापुस्ताको प्रेममा पहिला चुम्बन अनि मात्र डेटिङ हुदो रहेछ । तर, हाम्रोचाहि लामो कुराकानीको सम्झौतापछि मात्र चुम्बन अनि सेक्स भयो ।
त्यस डेटिङबाट छुट्टिएपछि फोनको माध्यमबाट सम्बन्ध जोड्नतिर लाग्यौ“ । मैले काठमाडौं आएपछि उनलाई फोन गरेको थिए । फोनमा पनि मैले पुनः त्यही प्रस्ताव दोहोर्‍याए । उनले त्यस बेला पनि ‘केही समय लिन चाहन्छु’ भनिन् । ३९औं फोनमा आएर बल्ल उनले मेरो प्रस्ताव स्विकारिन् । भनिन्, ‘ठीक छ तपाईंसग म पनि जीवन बिताउन चाहन्छु, मलाई तपाईं राम्रै लाग्यो ।’ हाम्रो विवाह पहिलो डेटिङ भएको ६ महिनापछि भएको हो ।
समय जति बित्दै जान्छ, माया उति बढ्दै जाने रहेछ । समग्रमा हेटौडामा भएको मेरो पहिलो डेटिङ दुई शारीरिक जीवनलाई एउटै सूत्र, सम्झौता अनि अनुभुतिमा बाध्न सफल भयो । अहिले नै हामीले बच्चाबच्चीको योजनाचाहि गरेका छैनौ । उनले केही समय आङ्खनो पहिचान बनाउनतिर लाग्छु भनेकी छन् ।
प्रस्तुतिः विशाल राई

प्रतिक्रिया