मनीषा दुई बच्चाकी आमा बन्ने

एजेन्सी : बलिउडमा एकताका रामै्रसँग जमेर हराएकी अभिनेत्री मनीषा कोइरालाको चर्चा बलिउडमा फेरि सुरु भएको छ । रामगोपाल बर्माले बनाउन लागेको एक हरर फिल्ममा मनीषाले खेल्ने चर्चा बलिउडमा छ । क्रेज घटिसकेकी मनीषालाई बर्माले आफ्नो चलचित्रमा लिने साहस गर्नु बलिउडमा नौलो विषय बन्न पुगेको एजेन्सीले उल्लेख गरेको छ । उक्त फिल्ममा मनीषालाई भूतको रोल दिइएको अड्कल काटिएको छ । तर, बर्माले भने मनीषालाई भूतको रोलमा नभई दुईटी बच्चाकी आमाको भूमिकामा उतार्ने बताएका छन् । मनीषा र बर्मा दस वर्षपहिले एउटै फिल्म कम्पनीमा काम गर्थे । विश्लेषकले मनीषाको फिल्मी करियर अन्त्य भएको भन्दै गरेको तात्तातो विश्लेषण सेलाउन नपाउँदै उनी फेरि बलिउडमा हामफाल्न लागेकी हुन् ।

प्रतिक्रिया