‘पौडेल परिवारलाई सरकारले दियो सहयोग’

काठमाडौं, २३ चैत । सरकारले झापामा अज्ञात समूहद्धारा हत्या गरिएका पत्रकार यादव पौडेलको परिवारलाई दस लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गर्दै घटनाको छानविन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बेलुका बसेको बैठकले पत्रकार पौडेलका परिवारलाई दस लाख रुपियाँ सहयोग रकम दिने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए । त्यसै गरेर मन्त्रिपरिषदले पौडेलको हत्याका बिषयमा सत्यतथ्य पत्ता लगाउन न्यायाधिक आयोग बनाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसै गरेर सरकारले स्वयच्छिक अवकासमा जाने लडाकुका लागि आवश्यक पर्ने रकम निकासा गर्ने निर्णय गरेको छ । अवकासमा जाने लडाकुका लागि करिव १ अर्ब रुपियाँ आवश्यक पर्ने मन्त्रिपरिषदको अनुमान छ ।

सरकारले एक सयको नोटमा ‘बुद्ध वर्न ईन लुम्विनी’ राखेर छपाई गर्ने निर्णय पनि गरेको छ । बिदेशमा बुद्धको जन्मका बारेमा बिभिन्न गलत समाचार प्रचार प्रसार हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

काठमाडौं सरसफाई अभियानलाई सफल बनाउने निर्णय गरेको सरकारले सहयोगका लागि सर्वसाधारणमा आह्वान गरेको छ ।

सरकारले राष्ट्रिय मुस्लिम आयोग र राष्ट्रिय वादी विकास समितिको निर्देशिका समेत पारित गरेको छ ।

प्रतिक्रिया