शिक्षक युनियनको भेला दाङमा

दाङ, २३ चैत । नेपाल शिक्षक युनियनको राष्ट्रिय भेला दाङमा हुने भएको छ । युनियनले आज घोराहीमा पत्रकार सम्मेलन गरी भेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

चैत २५ देखि २८ गतेसम्म हुने १६ औ राष्ट्रिय भेलामा देश भरका साढे चार सय शिक्षक सहभागी हुने छन् । युनियनका जिल्ला अध्यक्ष अमरबहादुर खड्काका अनुसार भेलामा देशका ७५ वटै जिल्लाका जिल्ला नेतृत्व र केन्द्रीय पदाधिकारीहरु उपस्थिति रहने छ ।

दाङमा हुने कार्यक्रमका लागि १८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । खर्चको आधा रकम शिक्षकहरुबाट र आधा रकम जिल्लाका व्यापारी, उद्योगी, संघसंस्थाबाट सहयोग मागिने छ ।

भेलामा शिक्षक आन्दोलन र यसको उपलब्धी, शिक्षक र बेग्लै शिक्षा नीति, शिक्षक नियुक्ती प्रक्रिया, शान्ति र संविधानको विषयमा छलफल गरिने आयोजकले बताएको छ ।

भेलालाई शिक्षकहरुले एक प्रकारको चाडको रुपमा लिएको नेपाल शिक्षक युनियनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द न्यौपानले बताए ।

प्रतिक्रिया