चट्याङ लागेर दुई महिलाको मृत्यु

नारायणगढ, २३ चैत । चितवनमा आज परेको चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ ।

अपरान्ह चार बजेको समयमा हावाहुरीसगै परेको चट्याङ लागेर पिठूवा–८ मा दुई महिलाको मृत्यु भएको हो । ५५ वर्षीया टीका लामिछाने र ६५ वर्षीया पार्वती लामिछानेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुर मेडिकल कलेजमा लगिएको थियो ।

प्रतिक्रिया