दुर्घटनामा १ को मृत्यु १९ घाइते

बुटवल, २३ चैत । बुटवलबाट काठमाडौ तर्फ जाँदै गरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ यात्रु घाईते भएका छन् ।

लु १ ख ४००० नम्बरको बस आज रुपन्देहीको देवदहमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा रुपन्देही केरवानी–३ का प्रेमबहादुर सञ्जाली रहेका छन् ।

दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते हुने ३ जना विदेशी नागरिक रहेका छन् ।

घाइते एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरीकार्यालयले बुटवलले जनाएको छ ।

घाइते हुनेमा आनन्दवन मणिग्रामका मतिलाल तिमल्सिना, अमुवाका विष्णुप्रसाद शर्मा, नवलपरासी वर्दघाटका जितुसिंह सुनार, मकवानपुरका कृष्ण सुवेदी, नवलपरासी गजेडाका अर्जुन गुरुङ, सुमित्रा वझा, मकवानपुरका निर्मला पौडेल, नवलपरासी कलुवाकी गीता खनाल, नवलपरासी रामग्रामका बालक उज्वल सुनार, बुटवल नगरपालिकाका विजय सुनार, हेटौडाका सरिता सुवेदीलगायत रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइते ६ जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने १२ जनाको देवदह मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया