पत्रकारलाई सुरक्षा देउः पौडेल

काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले एक दशकदेखि झापामा क्रियाशील पत्रकार यादव पौडेलको वीभत्स हत्याको घटनाले आफू र कांग्रेसलाई मर्माहत पारेको बताएका छन् ।

पौडेलले आज विज्ञप्ती जारी गरेर पत्रकार पौडेलको हत्या घटनाले पत्रकारहरुले लेख्न मात्र होइन बाँच्न पाउने अधिकार माथि कै प्रहारका रुपमा लिएको बताएका छन् । ।

उनले विगत केही समयदेखि पत्रकारहरुको शृङ्खलाबद्ध रुपले ज्यान लिने काम भैरहेको भन्दै सरकारसँग ज्यूधनको सुरक्षा माग गरेका छन् ।

उनले हत्या कसले किन ग¥यो भन्ने अहिलेसम्म खुल्न नसकेको भन्दै अपराधीहरु खुला घुमिरहेकोमा आपत्ति जनाका छन् । नेता पौडेलले हत्याको जघन्य घटनाप्रति राज्ययन्त्र गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया