समाचारले सनसनी

नया“दिल्ली, २२ चैत । भारतमा सरकार र सेनाबीच विवाद चलिरहेका बेला भारतीय सेनाका दुईवटा टुकडी सरकारलाई पूर्वसूचना नदिई दिल्लीतर्फ प्रस्थान गरेको रिपोर्ट सञ्चारमाध्यममा प्रकाशन भएको छ । भारतको प्रतिष्ठित दैनिक पत्रिका ‘द इन्डियन एक्सप्रेस’ ले पहिलो पृष्ठमा यससम्बन्धी रिपोर्ट प्रमुखताका साथ प्रकाशन गरेको हो । समाचार प्रकाशन भएपछि यसले भारतीय राजनीतिक वृत्तमा ठूलो सनसनी मच्चाएको छ । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले सो समाचारको खण्डन गर्दै यसलाई ‘आधारहीन’ को संज्ञा दिएका छन् ।
इन्डियन एक्सप्रेसले जनवरी १६ को रातमा भारतीय सेनाका दुई टुकडी सरकारलाई पूर्वसूचना नदिईकनै राजधानी नया“दिल्लीतर्फ उन्मुख भएको जनाएपछि यसले सनसनी मच्चाएको हो । एक्सप्रेसका सम्पादक शेखर गुप्ताको बाइलाइनमा समाचार प्रकाशन भएको थियो । यसमा हरियाणामा रहेको सैन्य टुकडी राजधानी प्रस्थान गर्ने क्रममा नया“दिल्लीनजिकै भेला भएको जनाइएको छ । सोही दिन भारतीय सेनाप्रमुख भिके सिंहले आङ्खनो जन्ममितिसम्बन्धी विवाद टुंग्याउन सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए । सेनाप्रमुखको जन्ममितिसम्बन्धी विषयले भारतीय सरकार र सेनाबीच मनमुटाव बढाएको चर्चा चलिरहेका बेला एक्सप्रेसमा प्रकाशन समाचारलाई गम्भीरताका साथ लिइएको छ ।
समाचारका अनुसार गुप्तचर एजेन्सीमार्फत सेनाको चहलपहलसम्बन्धी सूचना सरकारलाई प्राप्त भएको थियो । लगत्तै सरकारले आतंकवादसम्बन्धी एलर्ट जारी गरी सडकमा यातायातको गति घटाउन उर्दी जारी गरेको थियो । अन्त्यमा सैन्य टुकडीलाई बीचैमा रोकेर फिर्ता पठाइएको थियो । सैन्य नियमावलीअनुसार राजधानी छेउछाउ जुनसुकै सैन्य गतिविधि गर्नुअघि सेनाले सरकारलाई अग्रिम जानकारी गराउनुपर्ने हुन्छ । तर, रक्षा मन्त्रालयलाई खबरै नगरी सैन्य टुकडी दिल्लीतर्फ रवाना भएको जनाइएको छ ।
१६ जनवरीको रात सैन्य टुकडीले गरेको गतिविधिको सेनाले समेत पुष्टि गरेको छ । यद्यपि, सेनाको नियमित क्रियाकलापअन्तर्गत सैन्य गतिविधि सञ्चालन गरिएको सेनाले प्रस्ट पारेको छ । सन् १९८४ मा ‘अपरेसन ब्लुस्टार’ सञ्चालन गरि“दा आक्रोशित भारतीय सेनाको शिख युनिटका केही शिख सैनिक नया“दिल्लीतर्फ उन्मुख भएका थिए । त्यसपछि सेनाको हरेक गतिविधिको पूर्वजानकारी सरकारलाई दिनुपर्ने नियम बनाइएको थियो । भारतीय रक्षामन्त्री एके एन्टोनीले पनि समाचारलाई ‘वाहियात’ बताउ“दै खण्डन गरेका छन् । सेनाको नियमित क्रियाकलापअन्तर्गत सैन्य गतिविधि भएको उनको दाबी छ । भारतीय सेनाको राष्ट्रभक्तिमाथि प्रश्न उठाउन नसकिने जनाउ“दै उनले भारतीय सेनाले प्रजातन्त्रलाई बेवास्ता नगरेको जनाएका छन् । ‘समाचार आधारहीन छ । सरकार र सेनाबीच विश्वासको सङ्कट छैन । उनीहरूप्रति मलाई पूर्ण भरोसा छ,’ उनले भने । भारतको इतिहासमा त्यहा“को सेनाले कहिले पनि सरकारको प्राधिकार उल्लंघन गर्न खोजेको छैन । म्यान्मार, पाकिस्तान, बंगलादेशलगायत छिमेकी राष्ट्रमा सेनाले ‘कु’ गरेको प्रशस्त उदाहरण भए पनि भारतीय सेनाले अहिलेसम्म प्रयास गरेको छैन । (एजेन्सी)

प्रतिक्रिया