पुँजीकोष बढाउन ऋणपत्र जारी

काठमाडौं, २२ चैत । वाणिज्य बैंकहरूले आफ्नो पुजीकोषलाई राष्ट्र बैंकले तोकेको मापदण्डबमोजिम सहज बनाउन ऋणपत्र जारी गर्न थालेका छन् । राष्ट्र बैंकले आगामी असार मसान्तसम्म कर्जा निक्षेप अनुपात ८० प्रतिशत पुर्‍याउन निर्देशन जारी गरेपछि थप ऋण प्रवाहमा समस्या देखिएको बैंकर्सले बताएका छन् ।
हालै सिद्धार्थ बैंकले ४० करोड रुपिया बराबरको ऋणपत्रका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ११ प्रतिशत ब्याजदरमा सो ऋणपत्र जारी गर्न लागेको हो ।  बैंकको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको पुजीकोष ११ दशमलव ५२ प्रतिशत रहेको छ । भविष्यमा आउने नया“ आकर्षक आयोजनालाई गुम्न नदिने रणनीतिअनुरूप लगानी गर्न सक्ने अवस्थामा बस्न बैंकले ऋणपत्र जारी गर्ने गर्दछ ।
यसअघि नेपाल एसबिआई बैंकले ४० करोड रुपिया बराबरको १० बर्षे ऋणपत्र जारी गरेको थियो । बैंकले सो ऋणपत्रका लागि साढे १२ प्रतिशत ब्याज तोकेको थियो । नेपाल एसबिआइको पुजीकोष १० दशमलव एक प्रतिशत रहेको छ । गत आवको अन्त्यमा नेपाल इन्भेस्टमेन्ट बैंकले ३० करोड रुपिया“ बराबरको ऋणपत्र जारी गरेको थियो । बैंकको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार पुजीकोष ११ दशमलव ११ प्रतिशत रहेको छ । वाणिज्य बैंकको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार एक दर्जन वाणिज्य बैकहरूको पु“जीकोष १० देखि ११ प्रतिशतको हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले १० प्रतिशत पुजीकोष राख्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले तोकेबमोजिम पु“जीकोष रहनुको अर्थ बैंकसग तत्काल नया नाफामूलक लगानीको अवसरआए थप लगानी गर्न नसक्ने अवस्था भन्ने बुझ्नुपर्दछ ।
तुलनात्मक रूपमा पुराना बैंकहरूको पुजीकोष १० प्रतिशतकै हाराहारीमा मात्र रहेका छन् भने नया बैंकको पुजीकोष ३० प्रतिशतसम्म रहेको छ । बैंकको पुजीकोष अत्यधिक हुनु भनेको बैंकमा लगानीयोग्य पैसा रहे पनि लगानी गर्न नसकेको संकेत हो । लगानीयोग्य पैसा बैंकमा त्यत्तिकै थुप्रिनु भनेको बैंकको नाफा उत्पादकतामा गिरावट आउनु हो । बैकका लागि कम पुजीकोष र अत्यधिक पुजीकोष दुवै घाटाजनक रहेको एक बैंकरले बताए । बैंकहरूले पुजीकोषलाई यथावत राख्न ऋणपत्र जारी गर्ने गरेको भए पनि पछिल्ला दिनहरूमा बैंकहरूले त्यसको ब्याजदर घटाउदै लगेको छ । नेपाल एसबिआई बैंकले साढे १२ प्रतिशत ब्याजदर तोकेर १० बर्षे ऋणपत्र जारी गरेकामा इन्भेस्टमेन्ट बैंकले १२ प्रतिशत र अहिले सिद्धार्थ बैंकले ११ प्रतिशतमात्र दिन थालेको छ । ‘पछिल्लो समयमा बैंकहरूले निक्षेपमा दिने ब्याजदरमा आएको कमीले ऋणपत्रको ब्याज दरमा पनि कमी आएको छ,’ सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेजका अध्यक्ष रवीन्द्र भट्टराईले भने ।
बैंक तथा वित्तीय संस्थाहरूले ऋणपत्रहरू विगत वर्षमा जारी गर्ने गरे पनि दोस्रो बजारमा कारोबार भने खासै हुने गरेको छैन । विगतमा सेयर बजार बढ्दा ऋणपत्रको ब्याजदर थोरै हुदा लगानीकर्ताले खासै चासो दिएका थिएनन् । सेयर बजार घट्दा ऋणपत्रको ब्याजदरभन्दा बैंकको ब्याजदर नै बढी थिए । हाल बैंकहरूको निक्षेपमा ब्याजदर बिस्तारै घट्दै गए पनि वाणिज्य बैंकले जारी गरेको ऋणपत्रको ब्याजदर भने निक्षेपमा दिनेभन्दा बढी नै रहेको छ । ‘पछिल्लो समयमा ऋणपत्रमा पनि सर्वसाधारणको चासो बढेको छ,’ उनले भने । साधारणतया बिमा कम्पनीहरूले ऋणपत्रहरूमा लगानी गर्ने गरेका छन् ।

प्रतिक्रिया